नेप्से परिसूचक २७ अङ्कले बढ्यो
काठमाडौँ – यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ४९ अङ्कले बढेर दुई हजार ७४५ दशमलव ६५ बिन्दुमा कायम भएको छ। यो एक दशमलव ०१ प्रतिशतको वृद्धि हो।
आज ३३५ कम्पनीको ७४ लाख ७८ हजार ५६२ कित्ता सेयर ५३ हजार १४ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब २८ करोड ६८ लाख ७० हजार ५५९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ। बैंकिङ समूह ...









