- रोशन पोखरेल

विराटनगर/ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन व्यवसायिक फर्मलाई कारबाही गरेको छ । बजार अनुगमनको क्रममा ती फर्मले उपभोक्ता संरक्षण ऐन र नियमावलीविपरीत गतिविधि गरेको पाइएपछि विभागले कारबाही गरेको हो । विभागका अनुसार उनीहरुलाई कारबाहीस्वरुप जरिवाना तिराइएको छ ।

कारबाहीमा पर्नेमा काठमाडौंको गोंगबुस्थित लुगा जुत्ता प्रालि, पुजा श्रृङगार र नयाँ बानेश्वरमा रहेको श्रेष्ठ कस्मेटिक्स शप रहेका छन् । लुगा जुत्ता प्रालिलाई ५० हजार, पुजा श्रृङगारलाई दश हजार र श्रेष्ठ कस्मेटिक्स शपलाई १५ हजार रुपैयाँ जरिवाना तिराइएको विभागले जनाएको छ । विभागले अनुगमनको क्रममा दश वटा उद्योग तथा फर्मलाई पनि सचेत गराउँदै आवश्यक निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया