तराई मधेशको द्रुतमार्गमा ४० वटा पुल बन्ने, १७ अर्ब ६४ करोड बजेट

तराई मधेशको द्रुतमार्गमा ४० वटा पुल बन्ने, १७ अर्ब ६४ करोड बजेट
काठमाडौं। सरकारले तराई मधेशको द्रुतमार्गमा ४० वटा पुल बनाउने भएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो राजमार्गमा ५.४ किलोमिटर सुरुङ बन्ने जानकारी दिएका हुन। उनले यो आयोजनमा १७ अर्ब ६४ करोड बजेट सरकारले विनियोजन गरेको जानकारी दिए।

नेपाल टेलिकमको ३४ प्रतिशत रकमको सेयर निष्काशन गरिने

नेपाल टेलिकमको ३४ प्रतिशत रकमको सेयर निष्काशन गरिने
काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै नेपाल टेलिकमको ३४ प्रतिशत रकमबराबरको सेयर निष्काशन गर्ने जानकारी दिएका छन्। डा. वाग्लेले शुक्रबार संसद‌मा बजेट प्रस्तुत गर्दै नेपाल टेलिकमको ६६ प्रतिशत सेयर सरकारसँग राखेर बाँकी सर्वसाधारणका लागि सेयर निष्कासन गरिने जानकारी दिएका छन्। त्यसरी उठेको रकमबाट सूचना प्रविधि क्षेत्रको विकास गरिने जानकारी पनि उनले दि...

आगामी वर्ष १ हजार किलोमिटर कालोपत्रे, २ सय सडक पुल

आगामी वर्ष १ हजार किलोमिटर कालोपत्रे, २ सय सडक पुल
काठमाडौं । सरकारले आगामी आगमा १ हजार किलोमिटर सडक कालोपत्रे गर्ने घोषणा गरेको छ । सो आवमा २ सय सडक पुल निर्माण गरिने अर्थमन्त्री डां स्वर्णिम वाग्लेले घोषणा गरे । उनका अनुसार पूर्व–पश्चिम राजमार्ग चार लेनमा बिस्तार गर्ने काम ५ वर्ष भित्र सम्पन्न गरिने । यसैवर्ष नारायणगढ–बुटवल र कमला–कन्चनपुर खण्ड निर्माण सकिने छ । अर्को दुई वर्ष भित्र ८० किलोमिटर निर्माण सकिने उनले बताए । सो राजमार्गका लागि ३७...

सरकारले इन्धन भण्डारण क्षमता ३ महिनालाई पुग्ने विस्तार गर्ने

सरकारले इन्धन भण्डारण क्षमता ३ महिनालाई पुग्ने विस्तार गर्ने
काठमाडौं। सरकारले इन्धन भण्डारण क्षमता ३ महिनालाई पुग्ने विस्तार गर्ने घोषणा गरेको छ। शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन्। उनले इन्धन भण्डार क्षमता बढाउन आवश्यक लगानी जुटाउन मातृभूमि कोष स्थापना गर्ने बताए।

नागढुंगा-मुग्लिन सडकखण्डका लागि ६ अर्ब ५५ करोड बजेट, साउनदेखि सुरुङमार्ग सञ्चालन गरिने

नागढुंगा-मुग्लिन सडकखण्डका लागि ६ अर्ब ५५ करोड बजेट, साउनदेखि सुरुङमार्ग सञ्चालन गरिने
काठमाडौँ– सरकारले नागढुंगा-मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने ४० किमी स्थरउन्नतिका लागि ६ अर्ब ५५ करोड बजेट विनियोजन गरेको छ। शुक्रबार आव २०८३/८४ को बजेट संसदमा प्रस्तुत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त जानकारी दिएका हुन्। उनले नागढुंगा-मुग्लिन सुरुङमार्ग साउनदेखि सञ्चालन गरिने पनि जानकारी गराए।

सार्वजनिक संस्थानको व्यवस्थापन तथा लगानी संरचनामा निजी क्षेत्रलाई सहभागी गराइने

सार्वजनिक संस्थानको व्यवस्थापन तथा लगानी संरचनामा निजी क्षेत्रलाई सहभागी गराइने
काठमाडौं । सरकारले गोरखकाली रबर उद्योग लगायत ७ वटा सार्वजनिक संस्थानको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गरी सार्वजनिक–निजी साझेदारी मोडेलमा लगानी व्यवस्थापनको काम आगामी वर्ष भित्रै सम्पन्न गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य मार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । अर्थमन्त्री वाग्लेले सञ्चालनमा रहेका केही सार्वजनिक संस्थानको व्यवस्थापन त...

कृषि र पशु बिमा प्रिमियममा ८० प्रतिशत अनुदानलाई निरन्तरता

कृषि र पशु बिमा प्रिमियममा ८० प्रतिशत अनुदानलाई निरन्तरता
काठमाडौं। सरकारले यसअघि दिँदै आएको कृषि तथा पशु बिमा शुल्कको प्रिमियममा ८० प्रतिशत अनुदान दिने व्यवस्थालाई निरन्तरता दिने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संसदमा प्रस्तुत गरेको बजेटमार्फत कृषि बिमा शुल्कमा अनुदानलाई जारी राख्ने बताएका हुन्। अन्य अनुदान विस्तारै हटाउँदै लैजाने उनको भनाइ छ।

महावीर पुनको माग पूरा: विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका लागि पुँजीगत खर्चको १% बजेट

महावीर पुनको माग पूरा: विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका लागि पुँजीगत खर्चको १% बजेट
काठमाडौं । सरकारले विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत रकम प्रदान गर्ने घोषणा भएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनले विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत रकम छुट्याइने घोषणा गरेका हुन् । प्रतिनिधिसभा सदस्य महा...

नेपाली मुद्रामै ‘डायस्पोरा बन्ड’ ल्याइने

नेपाली मुद्रामै ‘डायस्पोरा बन्ड’ ल्याइने
काठमाडौं। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नेपाली मुद्रामै ‘डायस्पोरा बन्ड’ जारी गरिने घोषणा गरेका छन्। शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३८४ को बजेट वक्तव्यमार्फत वाग्लेले यस्तो घोषणा गरेका हुन्। बजेट प्रस्तुत गर्दै उनले विदेशमा रहेका नेपालीलाई लक्षित गरी नेपाली रुपैयाँमै लगानी गर्न सकिने गरी बन्ड जारी गर्ने व्यवस्था गरिने बताएका हुन्।...

दोहोर कर मुक्ति सम्झौता गर्ने

दोहोर कर मुक्ति सम्झौता गर्ने
काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा अन्य मुलुकसँग विदेशी लगानी संरक्षण दोहोर कर मुक्ति सम्झौता गर्न भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार सम्बोधन गर्दै दामासाही सम्बन्धी ऐन २०६३ मा संशोधन गरी उपभोक्त, लघु, साना तथा मझौला उद्योगसमेत वित्तीय समस्या समाधान गर्ने बताएका छन्। लगानी प्रवर्द्धनका लागि सिमित दायित्वको साझेदारी कानुन तर्जुमा गर्ने बत...