आजदेखि बाघ गणना हुँदै

आजदेखि बाघ गणना हुँदै
काठमाडौँ । आजदेखि शुरु भएको पाँचौं राष्ट्रिय बाघ गणना अन्तर्गत चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा र लालझाडी करिडोरका बाघ गणना शुरु हुँदैछ । वैज्ञानिक विधिबाट तीन वटा ब्लकका बाघको गणना हुन लागेको हो । गणनाका लागि २ हजार ३ सय स्वचालित क्यामरा प्रयोग गरिँदैछ भने ८ हजार ४ सय वर्ग किलोमिटर क्षेत्रका बाघको संख्या, बासस्थान र आहाराबारे अध्ययन र अनुगमन हुन लागेको हो । सन् २०२२ मा १ हजार ८ सय...

११ निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)

११ निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले आज एक सूचना जारी गर्दै ११ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ताको विवरण सार्वजनिक गरेको हो । सार्वजनिक निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ। कालोसूचीमा परेका निर्माण व्यवसाय...

जिल्ला प्रशासन कार्यालय बागलुङद्वारा बजार अनुगमन

जिल्ला प्रशासन कार्यालय बागलुङद्वारा बजार अनुगमन
बागलुङ (गलकोट), पुस १ गते । जिल्ला प्रशासन कार्यालय बागलुङले बागलुङ बजारका विभिन्न पसल तथा उद्योगहरुको अनुमगन गरको छ । जिल्ला प्रशासन कार्यालय बागलुङका नायब सुब्बा रामप्रसाद उपाध्यायको नेतृत्वमा बागलुङ नगरपालिकाको कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च, प्रहरी कार्यालयको रोहबरमा संयुक्त अनुगमन गरिएको छ । अनुगमनमा नगपालिकाका अधिकृत सरस्वती रेग्मी, उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ लगायत...

‘मकै बारी दर्याम–दर्याम’ पछि विशाल र शान्तारानीको ‘स्याउली बजारमा’

‘मकै बारी दर्याम–दर्याम’ पछि विशाल र शान्तारानीको ‘स्याउली बजारमा’
काठमाडौं– पछिल्लो समय चर्चामा रहेका गायक विशाल सोनी तथा शान्तारानी परियारको स्वरमा नयाँ गीत ‘स्याउली बजारमा’ सार्वजनिक गरिएको छ । विशाल र शान्तारानी चर्चामा आएको धेरै समय भएको छैन । यद्यपि, उनीहरुको सांगीतिक क्षेत्रको संघर्ष दशक बढी छ । विशालको नेपाली सांगीतिक क्षेत्रमा दशक बढीको अनुभव छ । उनलाई ७ महिनाअघिको ‘मकै बारी दर्याम दर्याम’ गीतले चर्चामा ल्याइदियो । यस्तै गायिका शान्तारानी परियारला...

औचित्य पुष्टि हुने गरी काम गर्न प्रतिष्ठानलाई प्रधानमन्त्री कार्कीको निर्देशन

औचित्य पुष्टि हुने गरी काम गर्न प्रतिष्ठानलाई प्रधानमन्त्री कार्कीको निर्देशन
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आदिवासी जनजातिको उत्थान, प्रवर्द्धन र विकासका लागि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान एकमात्र सरकारी निकाय भएकाले यसको औचित्य पुष्टि हुने गरी प्रभावकारी र परिणाममुखी काम गर्न निर्देशन दिएकी छन्। प्रतिष्ठानको २६औँ सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै उनले जातीय संस्थाको प्रतिनिधित्व गर्दै आएका पदाधिकारीबाट सकारात्मक प्रतिवेदन आएको उल्लेख गर्दै आगाम...

लागुऔषध ओसारपसार गर्ने भारतीयसहित ३ पक्राउ, ठूलो मात्रामा ‘इन्जेक्सन’ बरामद

लागुऔषध ओसारपसार गर्ने भारतीयसहित ३ पक्राउ, ठूलो मात्रामा ‘इन्जेक्सन’ बरामद
प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। भारतको विहार राज्य मोतिहारी जिल्ला रक्सौल थाना–४ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने १९ वर्षीय मुन्ना यादव, मोरङ कानेपोखरी गाउँपालिका–५ घर भई हाल काठमाडौं–१४ कुलेश्वर बस्ने २३ वर्षीय डोरराज परियार, तनहुँ मिर्लुङ गाउँपालिका–३ घर भई हाल काठमाडौं–१४ कुलेश्वर बस्ने ३४ वर्ष...

एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता   

एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता   
काठमाण्डू । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आ–आफनो उम्मेदवारी दर्ता गराउनुभएको छ । काठमाण्डूको भृकुटीमण्डपस्थित बन्दसत्र स्थलको केन्द्रीय निर्वाचन आयोगको कार्यालयमा दुवैजनाले समर्थकसहित पुगेर आज आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । अध्यक्ष ओलीले अपराह्न ३ः३० बजे र वरिष्ठ उप...

प्रतिनिधिसभा निर्वाचनमा पर्यवेक्षण गर्न ३१ वटा संस्थालाई अनुमति   

प्रतिनिधिसभा निर्वाचनमा पर्यवेक्षण गर्न ३१ वटा संस्थालाई अनुमति   
काठमाण्डू । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति दिएको छ । आयोगले २७ राष्ट्रिय र चार अन्तरराष्ट्रिय संस्थालाई निर्वाचनमा पर्यवेक्षण गर्न अनुमति दिएको हो । आयोगले गत कात्तिक ११ गते प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थाबाट निवेदन आह्वान गरेको थियो । त्यसमा ४४ वटा राष्ट्रिय र पाँच वटा अन्तर...

उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी   

उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी   
काठमाण्डू । उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारको राष्ट्रिय दिवसका अवसरमा आज साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो ।           नेपालका लागि कतारका राजदूत मिसाल एम अल अन्सारीले आयोजना गर्नुभएको उक्त समारोहमा संवैधानिक अङ्गका प्रमुख, पूर्वमन्त्री, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, कामको सिलसिलामा यहाँ रहेका कतारी, उद्योगपति, व्यापारी तथा व...

शेयर बजारमा सामान्य वृद्धि

शेयर बजारमा सामान्य वृद्धि
काठमाण्डू । साताको दोस्रो कारोबार दिन आज शेयर बजार सामान्य अंकले वृद्धि भएको छ । पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको शेयर बजार मापक नेप्से आज भने सामान्य अंक बढेर बन्द भएको हो । आज नेप्से परिसूचक ६.७४ अंक बढेर २६०१.६१ विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो ४ अर्ब रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब ४४ करोड १९ लाख ३ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भ...