सुन्दरहरैंचामा टाइपिङ प्रतियोगिता २०८२ कार्यक्रम सम्पन्न
मोरङको सुन्दरहरैंचा–३ गछियामा रहेको साथी कम्प्युटर लर्निंङ सेन्टर सुन्दररैंचा–३ गछियाको टाइपिङ प्रतियोगिता सेसन २०८२ कार्यक्रम लक्ष्मीनारायण मन्दिरको सभाहलमा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रमका सभाअध्यक्ष साथी कम्प्युटर लर्निंङ सेन्टरका संचालक निरंजनप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिका –३ वडाका वडा अध्यक्ष बिदुरप्रसाद ढुंगाना रहेका थिए । कार्यकक...









