मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । हठ गर्ने बानीले दु:ख पर्न सक्छ, जागिरमा सावधानी अपनाउनुहोला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमी कमजोरी सुधार्ने अवसर मिल्नेछ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोस् । प्रतीक्षित नतिजा प्राप्त हुँदा साँझतिर उत्साह बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । केही खर्च लागेपनि सोचेको काम बन्नेछ । व्यवसायमा थप लगानी बढाउने समय छ । प्रतिस्पर्धीहरू पराजित हुनेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ योजना सुरु गर्ने अनुकूल समय हो ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मेहनतले प्रतिस्पर्धामा सफलता दिलाउनेछ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । अवसर आएपनि सही तरिकाले उपयोग गर्न नसकिएला । ठूलो प्रयत्न गर्दा सामान्य लाभ मात्र मिल्नेछ । बुद्धिको प्रयोगले लक्ष्य पहिचान गर्न सकिनेछ । रचनात्मक कार्यबाट लाभ हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अरूका लागि समय, बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आश्वासन दिनेहरूले धोका दिन सक्छन् । लेनदेन र सर सापटमा खर्च बढ्ने सम्भावना छ । आम्दानीमा प्रभाव पार्नेहरू सक्रिय रहन सक्छन् । स्वास्थ्यमा कमजोरी देखिनेछ, जसले पढाइ र अन्य कार्यमा असर पुर्याउन सक्छ । अप्रिय समाचारले मन खिन्न बनाउन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय व्यवस्थापनमा कमीले दु:ख पर्न सक्छ । भौतिक साधन बिग्रनाले काममा बाधा पुग्न सक्छ । तर, सामान्य प्रयत्नले पनि ठूलो उपलब्धि मिल्नेछ । सजिलोसँग काम बन्नाले उत्साह बढ्नेछ । जटिल कार्यहरू सम्पन्न हुनेछन् । व्यापारमा विशेष लाभ उठाउन सकिने समय हो ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिस्थिति अलि प्रतिकूल देखिएपनि सामान्य लाभ हुनेछ । विगतको श्रमबाट प्रशस्त धन प्राप्त हुन सक्छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । बिग्रिएको सम्बन्ध र विगतका कमजोरी सुधार्ने मौका छ । बिछोडिएका आफन्तसँग पुन: भेटघाट हुनेछ । रोकिएका कामहरू पनि अघि बढ्नेछन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
फुर्सद मिल्नेछ र यात्रा गर्ने अवसर पनि जुट्न सक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपर्ला । वैदेशिक कामकाजमा फाइदा हुनेछ । मनको डर उत्साहमा रूपान्तरण हुनेछ । रमाइलो यात्राको सम्भावना छ र सम्मानजनक आतिथ्य पाइनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुने योग छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सवारी साधनमा सावधानी अपनाउनुहोस् । लेनदेन सम्बन्धी विवादले समस्या आउन सक्छ । टाढिएका साथीभाइसँग पुन: सम्पर्क हुँदा हर्षित भइनेछ । तपाईंका कामको धेरैले प्रशंसा गर्नेछन् । तर, विलासी सोखले खर्च बढाउनेछ र वैधानिक कुराहरूले अधिकार सीमित पार्न सक्छन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पढाइमा समय दिन नसकिएला, सहयोगीहरूमा अत्यधिक निर्भरता हुँदा काममा बाधा आउन सक्छ । झुटा आश्वासन दिनेहरूबाट सजग रहनुहोस् । अरूको विश्वासमा पर्दा धोका पर्न सक्छ । तर, प्रतिस्पर्धामा विजयी भई आम्दानी बढाउने अवसर पनि प्राप्त हुनेछ । साँझतिर कामको चाप घट्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रेम र मित्रताको सम्बन्ध अझ बलियो हुनेछ । रमाइलो भेटघाट र उपहार प्राप्ति हुनेछ । पठन पाठनमा प्रगति हुनेछ । विशेष सभा समारोहमा सहभागी बन्ने अवसर मिल्नेछ । कृषि तथा पशुपालनबाट राम्रो लाभ प्राप्त हुनेछ । समग्रमा, दिन उत्साहपूर्ण रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अवसर आए पनि नयाँ काम सुरु गर्नु अघि विचार पुर्याउनुहोस्, हतार गर्दा काम बिग्रन सक्छ । रचनात्मक कार्य आरम्भ गर्न अनुकूल समय हो । पारिवारिक आत्मीयता बढ्नेछ । रमाइलो जमघट र स्वादिष्ट भोजनको आनन्द पाइनेछ । साँझतिर महत्वाकांक्षी योजना सफल हुने सम्भावना छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुनेछ । स्वास्थ्यमा विशेषत: पेट सम्बन्धी समस्या देखिन सक्छ । यद्यपि, दिगो फाइदा हुने क्षेत्रमा लगानी बढाउन सकिने समय हो । पति पत्नी बीच सामान्य मतभेद देखिए पनि परस्पर समन्वयले समाधान खोज्न सकिनेछ । थोरै लाभबाट ठूलो आवश्यकता पूरा हुनेछ ।