मोरङको सुन्दरहरैंचा–३ गछियामा रहेको साथी कम्प्युटर लर्निंङ सेन्टर सुन्दररैंचा–३ गछियाको टाइपिङ प्रतियोगिता सेसन २०८२ कार्यक्रम लक्ष्मीनारायण मन्दिरको सभाहलमा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रमका सभाअध्यक्ष साथी कम्प्युटर लर्निंङ सेन्टरका संचालक निरंजनप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिका –३ वडाका वडा अध्यक्ष बिदुरप्रसाद ढुंगाना रहेका थिए । कार्यकक्रममा वडा नं. ३ का वडा सदस्य नारायण प्रसाद भट्टराई , जेष्ठ नागरिक सेवा समाज नेपाल सुन्दरहरैंचा –३ का अध्यक्ष भीमबहादुर कार्की ,स्वतन्त्र नागरिक समाज मोरङका अध्यक्ष नेत्र प्रसाद चौलागाई लगायत विभिन्न संघ सस्थाका प्रतिनिधि , समाज सेवी तथा नागरिक समाजको उपस्थित रहेको थियो
कार्यक्रममा ३५ जना छात्र तथा छात्रहरु टाइपिङ कम्पिटिसनमा सहभागी रहेका थिए जसमध्ये छात्रा सरस्वती बिकले उत्कृस्ट ६२ डब्लुपीएम ल्याएर उत्कृस्ट भएकी थिइन् । छात्रा वृन्दा बास्तोलाले ५६ डब्लुपीएम ल्याएर प्रथम भएकी थिइन् भने द्वितीय स्थानमा छात्रा यमिमा भट्टराईले ५४ डब्लुपीएम ल्याएर द्वितीय स्थानमा आउन सफल भएकी थिइन्। यस्तै तुलशा आचार्यले ५२ डब्लुपीएम , बिजय बिकले ५० डब्लुपीएम र दिपिका खड्काले ४८ डब्लुपीएम ल्याएर ३ जना विद्याथीहरुले तृतीय स्थान ल्याएका थिए ।
उत्कृस्ट हुने बिद्यार्थी सरस्वती बिकलाई कम्प्युटर सेट, सिल ,मेडल सहित नगद २००० र प्रमाणपत्र सहित खादा ओढाएर सम्मान गरिएको थियो । प्रथम स्थान ल्यउने वृन्दा बास्तोला लाई नगद ५००० सहित प्रमाणपत्र दिएर खादा ओढाई सम्मान गरिएको थियो भने द्वितीय हुने विद्यार्थी छात्रा यमिमा भट्टराई लाई नगद ३००० सहित प्रमाणपत्र र खादा ओडाएर सम्मान गरिएको थियो साथै तृतीय हुने बिद्यार्थीहरु तुलशा , बिजय र दिपिका खड्का लाई नगद रु. १००० – १००० सहित प्रमाणपत्र दिएर खादा ओढाई सम्मान गरिएको थियो ।
कार्यक्रममा उपस्थित अतिथि तथा सहभागी विद्यार्थीहरुलाई साथी कम्प्युटर लर्निंङ सेन्टरका संचालक आचार्यले स्वागत सम्बोधन गरेका थिए । उनले बोल्ने क्रममा आफ्नो शिक्षण संस्थामा अध्ययनरत विधार्थीहरुमध्ये ५ जना विद्यार्थीहरु वडाको सिफारिस बाट र ५ जना विद्यार्थीहरु ज्येष्ठ नागरिक सेवा समाज नेपाल सुन्दरहरैंचा ३ को सिफारिस बाट जम्मा १० जना विपन्न वर्गका विद्यार्थीहरुलाई निःशुल्क कम्प्युटर तालिम प्रदान गरिरहेको बताए ।
साथै उनले सम्पुर्ण विद्यार्थीहरुलाई निशुल्क कम्प्युटर हार्डवेयर रिपेयरिङ्ग कोर्स प्रदान गरिरहेको पनि बताएका थिए । तीन महिना अघि मात्र संचालनमा आएको साथी कम्प्युटर लर्निंङ सेन्टरले धेरै विद्यार्थीहरुको मन जित्दै आएको छ।