१५ बर्ष पछि पाकिस्तानी बिदेश मन्त्री बंगलादेशमा, आज नयाँ सम्झौता हुने
ढाका, ८ भदौं । पाकिस्तानका विदेशमन्त्री इशाक दार शनिबार बंगलादेशको राजधानी ढाका पुगेका छन् ।
सन् २०१२ यता पाकिस्तानका यति उच्च अधिकारीले बंगलादेशको भ्रमण गरेको यो पहिलो पटक हो। पछिल्लो ७२ घण्टामा दुवै देशका धेरै वरिष्ठ नेता र सैन्य अधिकारीबीच भेटवार्ता भएको छ ।
दारले बंगलादेशका अन्तरिम नेता मोहम्मद युनुसलाई पनि भेट्ने बताएका छन् । आइतबार दुई देशबीच व्यापार सम्झौता हुने अपेक्षा गरिएको छ...









