सुनको भाउ आज पनि घट्यो : सुन तोलाको २ लाख ३६ हजार ३००

सुनको भाउ आज पनि घट्यो : सुन तोलाको २ लाख ३६ हजार ३००
काठमाण्डौ – तिहार बिदापछि सुनको भाउ लगातार घटेको छ । तिहारपछिको पहिलो कारोबारको दिन आइतबारदेखि घट्न थालेको सुनको भाउ आज पनि घटेको छ । आइतबार तोलामा दुई लाख ४१ हजार नौ सय रुपैयाँमा कारोबार भएकोमा सोमबार र हिजो मंगलबार पनि घटेको थियो । त्यस्तै आज सुन तोलामा ७ सय रुपैयाँले घटेर तोलाको दुई लाख ३६ हजार तीन सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलाको...

दुई भारतीय नागरिक पक्राउ

दुई भारतीय नागरिक पक्राउ
विराटनगर / मोरङको रङ्गेली नगरपालिका–९, दोमहाना बजारबाट अवैध रूपमा जडीबुटी बिक्री–वितरण गर्ने दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूबाट विभिन्न किसिमका जडीबुटी बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार, बरामद जडीबुटीको बजार मूल्य र स्रोतबारे थप अनुसन्धान जारी छ । यस घटनाले स्थानीय बजारमा अवैध जडीबुटी कारोबार बढिरहेको पुष्टि गरेको छ । पक्राउ परेकाहरूलाई आव...

लुबुचेमा हेलिकप्टर दुर्घटना, पाइलटको उद्धार

लुबुचेमा हेलिकप्टर दुर्घटना, पाइलटको उद्धार
सोलुखुम्बुस्थित सगरमाथा आधार शिविरनजिकै लबुचेमा आज (बुधबार) बिहान अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ। नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार लुक्ला-लबुचे (उद्धार उडानका लागि) गएको अल्टिच्युड एयरको नाइनएन-एएमएस हेलिकप्टर दुर्घटनामा परेको हो। हेलिकप्टरमा क्याप्टेन विवेक खड्का मात्रै थिए। उनी सकुशल रहेको प्राधिकरणका सूचना अधिकारी भुलले जानकारी दिए। सोलुखुम्बुका...

दमकमा बस दुर्घटना, एक जनाको मृत्यु, २१ घाइते

दमकमा बस दुर्घटना, एक जनाको मृत्यु, २१ घाइते
भद्रपुर (झापा), कात्तिक १२ गते । दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख १९८३ नम्बरको बस दुर्घटना हुँदा त्यसमा ३५ जना सवार थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य २० जना उपचारपछि घर फर्केका ...

स्याङ्जामा बुधबारदेखि खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु हुँदै

स्याङ्जामा बुधबारदेखि खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु हुँदै
अर्जुन काफ्ले, स्याङ्जा, कात्तिक १२ गते। कालीगण्डकी गाउँपालिका–३ आलमदेवी देउरालीमा ३९औँ खुल्ला पुरुष भलिबल प्रतियोगिता बुधबारदेखि सुरु हुँदैछ। हरिबोधनी एकादशीको अवसरमा निरन्तर ३९ वर्षदेखि आयोजना हुँदै आएको यो प्रतियोगिता यस वर्ष पनि जनज्योति क्लबले आयोजना गरेको हो। क्लबका अध्यक्ष टोपबहादुर रानाका अनुसार प्रतियोगिता लिग प्रणालीमा सञ्चालन हुनेछ र खेलहरू हरिबोधनी एकादशीको दिन सम्पन्न हुनेछन्। ...

वैदेशिक रोजगार विभागको सेवा प्रभावित

वैदेशिक रोजगार विभागको सेवा प्रभावित
काठमाडौँ, कात्तिक १२ गते । वैदेशिक रोजगार विभागको वेबसाइट र सर्भर (फेमिस सिस्टम) मा समस्या आएपछि सेवा प्रभावित भएको छ । विभागका अनुसार दसैँ बिदापछि एक्कासि अत्यधिक आवेदन आएसँगै सर्भरमा समस्या देखिएको हो । हाल दसैँ र तिहार बिदामा आएर फर्किन पुनः श्रम स्वीकृति लिनेको चाप बढेको छ । विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले पछिल्ला केही दिनयता सर्भरमा बढी चाप भएकाले दुई/तीन दिनदेखि समस्या आएको र समाध...

आजको राशिफल ~ वि.सं २०८२कार्तिक १२ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं २०८२कार्तिक १२ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
तुलसी भारद्वाज मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कमजोरीले चिन्ता बढाउन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिएपनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्ने...

आजको राशिफल ~ वि.सं २०८२कार्तिक १२ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं २०८२कार्तिक १२ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
तुलसी भारद्वाज मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कमजोरीले चिन्ता बढाउन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिएपनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ ...

कार्तिक १५ गतेदेखि दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप सुरु हुने

कार्तिक १५ गतेदेखि दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप सुरु हुने
कार्तिक १५ गतेदेखि दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप सुरु हुने पथरी शनिश्चरेमा तयारी पूरा, विजेतालाई ५ लाख रुपैयाँ पुरस्कार पथरी शनिश्चरे, कार्तिक ११ गते | मोरङको पथरी शनिश्चरेमा आगामी कार्तिक १५ गतेदेखि २२ गतेसम्म “अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२” हुने भएको छ। प्रतियोगिताको तयारीबारे जानकारी दिन हरियाली सामुदायिक वनको सभाहलमा मङ्गलबार पत्रकार सम्मेलन सम...

‘टोकियो शहर ’मा रामकृष्ण ढकालको सुमधुर स्वर

‘टोकियो शहर ’मा रामकृष्ण ढकालको सुमधुर स्वर
काठमाडौं, कात्तिक ११ — चर्चित गायक रामकृष्ण ढकालले नयाँ गीत ‘टोकियो शहर’ लिएर आएका छन् । लामो समयपछि उनले प्रस्तुत गरेको यो गीतमा दिलीप तामाङको शब्द र न्हयु बज्राचार्यको संगीत रहेको छ । विदेशको शहर टोकियोलाई भावनात्मक रूपले चित्रण गरिएको यो गीतमा परदेशी जीवनको एकान्त, मायाको तिर्सना र मातृभूमिप्रतिको तडप समेटिएको छ । ढकालको विशिष्ट आवाज र बज्राचार्यको मधुर धुनले गीतलाई अझ हृदयस्पर्शी बनाएको छ ...