विराट साहित्य सङ्गमको २३२औँ शृङ्खला सम्पन्न

विराट साहित्य सङ्गमको २३२औँ शृङ्खला  सम्पन्न
सुजाता राई विराटनगर । प्रत्येक महिनाको अन्तिम शनिबार आयोजना हुँदै आएको विराट साहित्य सङ्गमको २३२औँ साहित्यिक शृङ्खला मङ्सिर २७ गते शनिबार सफलतापूर्वक सम्पन्न भएको छ। सङ्गमका अध्यक्ष मधु पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि डा. नरेन्द्र चापागाईं प्रतिष्ठानका अध्यक्ष सरला चापागाईं विशेष सम्मानित अतिथिका रूपमा सहभागी रहेकी थिइन । साहित्यिक भेटघाटमा बलराम पोखरेल, प्रा. ...

फुटबलर भरत सम्मानित

फुटबलर भरत सम्मानित
काठमाडौं युरो आइबी वल्र्ड स्कुल, गोंगबुले फुटबलका भरत खवासलाई आइतबार नगदसहित सम्मान गरेको छ। काठमाडौं युरोले स्पोर्ट्स मिटको समापन कार्यक्रममा भरतलाई फुटबलको माध्यमबाट राष्ट्रलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन महत्त्वपूर्ण योगदान गरेबापत सम्मान गरेको हो। लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा आयोजित कार्यक्रममा काठमाडौं युरोका अध्यक्ष प्रमोद पाण्डे, विद्यालय सञ्चालक समितिका सदस्यद्...

पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण हुँदा सेवाग्राहीलाई सहज

पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण हुँदा सेवाग्राहीलाई सहज
तनहुँ । पालिकाबाट चालु आर्थिक वर्षको तीन महिनामा पाँच हजार ३४० राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले यस अवधिमा १० हजार ५३६ राष्ट्रिय परिचयपत्र १० पालिकामा पठाएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए। अघिल्लो आव २०८१/८२ मा ६४ हजार ६८१ राष्ट्रिय परिचयपत्र पठाइएकामा १३ हजार ५५० वितरण भएका थिए । चालु आवको तीन महिनामा व्यास नगरपालिकाबाट एक हजार २६५, भानु न...

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर
भोजपुर । किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार बन्दै गएको छ । व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका यहाँका किसानले बजार विस्तारसँगै राम्रो मूल्य पाउन थालेपछि आर्थिक रूपमा सबल बन्दै गएका छन् । सडक पहुँच विस्तार भएपछि स्थानीय बजारमा मात्र सीमित रहेको सुन्तला अहिले बाहिरी जिल्लासम्म पुग्न थालेको हो । विगतमा यातायात सुविधा नहुँदा स्थानीय बजारमै भर पर्नु परेकोमा अहिले बगानमै ठेकेदार...

सिरिजङ्गा गोल्डकप : उपाधिका लागि झापा र धरान भिड्दै

सिरिजङ्गा गोल्डकप : उपाधिका लागि झापा र धरान भिड्दै
साहारा लिम्बू फुङलिङ, मङ्सिर २९ गते । ताप्लेजुङको तेल्लोकमा जारी पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको उपाधिका लागि सोमबार झापा र धरानबिच प्रतिस्पर्धा हुँदैछ । झापाको न्यु स्टार क्लब बिर्तामोड र धरानको मरिक फुटबल क्लब उपाधि आफ्नो पोल्टामा पार्ने योजन सहित मैदान उत्रदै छन् । सेमिफाइनमा धरानले आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई ट्राइबेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरे...

मंसिर २९ गते सोमबार, यस्तो छ तपाईको राशिफल

मंसिर २९ गते सोमबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ । आज तपाइलाई परिवार तथा साथीभाइको सहयोग प्राप्त होला । साथै धन लाभको पनि योग रहेको छ । व्यापार व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आय आर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ ।...

बेवारिसे अवस्थामा ३ सय ८७ किलो ग्राम गाँजा बरामद

बेवारिसे अवस्थामा ३ सय ८७ किलो ग्राम गाँजा बरामद
सुनसरी, मंसिर २८ गते । सुनसरीको कोशी गाउँपालिका-८ स्थितबाट ३ सय ७७ किलोग्राम र इनरुवा नगरपालिका-३ स्थतिबाट १० किलोग्राम गाँजा प्रहरीले बेवारिसे अवस्थामा बरामद गरेको छ । मंसिर २७ गते जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी गस्ती टोलीले कोशी गाउँपालिका-८ स्थितमा ११ वटा बोरामा रहेको ३ सय ७७ किलोग्राम गाँजा, इनरुवा नगरपालिका-३ स्थितबाट १० किलोग्राम गाँजा र २ ग्राम १८० मिलिग्राम लागुऔषध ब्राउन...

दुहवी नगर आधारभूत अस्पतालको समुद्घाटन

दुहवी नगर आधारभूत अस्पतालको समुद्घाटन
रोशन पोखरेल, इटहरी । सुनसरीको दुहवी नगरपालिकामा नवनिर्मित १५ शय्याको दुहवी नगर आधारभूत अस्पताल सञ्चालनमा आएको छ । आइतबार दुहवी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारले अस्पतालको औपचारिक उद्घाटन गरेपछि सञ्चालनमा आएको हो । गच्छदारले ग्रामीण क्षेत्रमा नै अत्याधुनिक उपकरणसहित न्यून शुल्कमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको बताए । दुहवीवासीको साथ, सहयोग र विश्वासकै ...

मुआब्जाको विषयले खोटाङको माथिल्लो रावाखोला आयोजना बन्द

मुआब्जाको विषयले खोटाङको माथिल्लो रावाखोला आयोजना बन्द
खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिकाका जग्गाधनीले माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना बन्द गराएका छन् । प्रवर्द्धक कम्पनीले मुआब्जा नदिएको भन्दै उनीहरुले असन्तुष्टी जनाएका छन् । विद्युत् आयोजनाले ओगटेको निजी जग्गाको उचित मुआब्जा तथा क्षतिपूर्ति नपाएको भन्दै जग्गाधनीले तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत् आयोजनाको उत्पादन बन्द गराएका हुन् । मङ्सिर ६ गते प्रवर्द्धक कम्पनीका प्र...

भारत र दक्षिण अफ्रिकाबीचको तेस्रो टि–२० खेल आज

भारत र दक्षिण अफ्रिकाबीचको तेस्रो टि–२० खेल आज
काठमाण्डौ – भारत र दक्षिण अफ्रिकाबीचको तेस्रो टि–२० खेल आज हुँदैछ । खेल धर्मशालामा नेपाली समयअनुसार बेलुका सवा ७ बजे शुरू हुनेछ । पाँच खेलको टि–२० श्रृंखला एक/एकको बराबरीमा छ । पहिलो खेल भारतले एक सय एक रनले जितेको थियो भने दोस्रो खेलमा भारत दक्षिण अफ्रिकासँग ५१ रनले पराजित भएको थियो । चौथो खेल बुधवार र पाँचौ तथा अन्तिम खेल शुक्रवार हुनेछ ।