सुजाता राई
विराटनगर । प्रत्येक महिनाको अन्तिम शनिबार आयोजना हुँदै आएको विराट साहित्य सङ्गमको २३२औँ साहित्यिक शृङ्खला मङ्सिर २७ गते शनिबार सफलतापूर्वक सम्पन्न भएको छ।
सङ्गमका अध्यक्ष मधु पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि डा. नरेन्द्र चापागाईं प्रतिष्ठानका अध्यक्ष सरला चापागाईं विशेष सम्मानित अतिथिका रूपमा सहभागी रहेकी थिइन ।
साहित्यिक भेटघाटमा बलराम पोखरेल, प्रा. डा. मीनराज ढकाल, भीमेन्द्र कार्की, डा. देवी पन्थी र कथाकार लोचन रिजाललगायत विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो।
स्रष्टा सहभागितामा शिवनारायण सिंघल, बाबुराम पोखरेल, एकनाथ ढकाल, हरि कट्टेल, यमुना भट्टराई, गोविन्द ढुंगाना, भक्ति दाहाल, कविता चापागाईं, भागिरथा पौडेल, शैलेन घिमिरे, भूपाल अधिकारी, डोमी कामत, प्रयाग न्यौपाने, उमेश लुइँटेल, भीम कोइराला, लक्ष्मी रायमाझी, शान्ता कर्ण, जमुना पौड्याल, नानुमैयाँ दाहाल, विमला देव, सिन्धु देव, डा. मेदिनीप्रसाद नेपाल र गोपाल निर्भीकले आफ्ना कृति वाचन गरेका थिए।
कार्यक्रममा सुजता राई, शिरोमणि भट्टराई, फडिराज नेपाल, पूनम चौधरी, भवानीप्रसाद पोखरेललगायत साहित्यप्रेमी श्रोताको उल्लेख्य सहभागिता थियो। प्रत्येक महिना प्रदान गरिने नगेन्द्रमणि–विन्द्या न्यौपाने सहभागी प्रोत्साहन चिठ्ठा पुरस्कार यसपटक कवि प्रयाग न्यौपानेलाई प्रदान गरेका हुन् ।





