सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट

सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
काठमाडौं। सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टलाई दिइएको छ। यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापा सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीमा सरुवा भएपछि भट्टलाई सो जिम्मेवारी दिइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

आजदेखि खाना पकाउने एलपी ग्यास सहज हुने निगमको दाबी

आजदेखि खाना पकाउने एलपी ग्यास सहज हुने निगमको दाबी
काठमाण्डौ – नेपाल आयल निगमले आजदेखि खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज हुने र अभाव हट्ने दाबी गरेको छ । सहजै ग्यास पाउन नसकेको उपभोक्ताको गुनासो आइरहेका बेला निगमले अब सहज बन्दै जाने जनाएको हो । माघ लागेयता मुख्य गरी काठमाण्डौ उपत्यकामा ग्यासको अभाव छ । उपभोक्ताले पालो पर्खिनुपर्ने बाध्यता छ । बिक्रेताले ग्यास छैन भन्दै फर्काउने गरेको र डिपोहरूले समेत अभावले आपूर्तिमा समस्या रहेको बताएका छन् ...

नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढ्यो, प्रतितोला १४ हजार ४०० रुपैयाँ वृद्धि

नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढ्यो, प्रतितोला १४ हजार ४०० रुपैयाँ वृद्धि
नेपाली बजारमा सुनको मूल्य एकैदिन ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १४ हजार ४०० रुपैयाँले वृद्धि भएको हो। आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुन खरिद गर्न तीन लाख चार हजार ७०० रुपैयाँ खर्चिनुपर्नेछ। हिजो सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँ रहेको थियो। त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला २६५ रुपैयाँले बढेर पाँच ...

हिमालकी कान्छी छोरी : किपा ल्हामु शेर्पा

हिमालकी कान्छी छोरी : किपा ल्हामु शेर्पा
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारी । आज बेसक्याम्प, भोलि रातिदेखि आरोहण यात्रा र काठमाडौँबाट हिँडेको चार दिनमै पिक समिट। न त लामो तालिम, न त भव्य तयारी र खर्च। किपा ल्हामु शेर्पासँग थियो त केवल एउटा कुरा – संसार जित्ने ठूलो सपना। तीन सन्तानकी आमा, गृहिणी र होटल सञ्चालकबाट आफ्नो पहिचान बदलेर संसारको शिरबाट विश्वलाई चिहाउने साहसी नेपालकी छोरी किपा ल्हामु शेर्पा हिमालको नाम सुन्नासाथ...

कोलबोटेमा तीन दिने घरेलु साबुन बनाउने तालिम सम्पन्न : स्थानीय स्रोतको उपयोग गर्दै आत्मनिर्भरतातर्फ पहाडी बस्ती

कोलबोटेमा तीन दिने घरेलु साबुन बनाउने तालिम सम्पन्न : स्थानीय स्रोतको उपयोग गर्दै आत्मनिर्भरतातर्फ पहाडी बस्ती
मोरङ : मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं.–१ अन्तर्गतको पहाडी बस्ती कोलबोटेमा तीन दिने घरेलु सर्फ, हर्बल फिनेल तथा तितेपातीको साबुन बनाउने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय स्रोतको उपयोग गर्दै आत्मनिर्भरता र स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले आयोजना गरिएको तालिमले सहभागीहरूमा नयाँ आशा र आत्मविश्वास थपेको छ। प्रगति महिला समाज सुन्दरहरैंचाको प्राविधिक सहयोग तथा वडा नं.–१ को आर्थिक स...

लोकसंवेदनाको स्वरमा ‘फूल खसिगो, माया बसिगो’

लोकसंवेदनाको स्वरमा ‘फूल खसिगो, माया बसिगो’
बर्दिबास, माघ १९ - लोक तथा दोहोरी संगीत केवल मनोरञ्जन होइन, समाजको भावना, भोगाइ र स्मृतिको दस्तावेज पनि हो । यही दस्तावेजलाई वर्षौंदेखि स्वर दिँदै आएका गायक बेल बहादुर परियारले आफ्नो नयाँ दोहोरी गीत ‘फूल खसिगो, माया बसिगो’ मार्फत फेरि एकपटक लोकसंवेदनालाई जीवन्त बनाएका छन् । मंगलबार बर्दिबासमा आयोजित एक औपचारिक समारोहबीच गीतको म्युजिक भिडियो सार्वजनिक गरियो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रत...

विराटनगरमा अवैध एलईडी किटसहित ओम्नी भ्यान नियन्त्रणमा

विराटनगरमा अवैध एलईडी किटसहित ओम्नी भ्यान नियन्त्रणमा
विराटनगर,— मोरङको विराटनगर महानगरपालिका वडा नं. १५ स्थित रानी बसपार्क क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले अवैध रुपमा भित्र्याइएको ठूलो परिमाणको एलईडी किटसहित एक ओम्नी भ्यान नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म रानी मोरङबाट सप्रनाउ तिलक बहादुर खड्काको कमाण्डमा खटिएको ७ सदस्यीय मोबाइल गस्ती टोलीले दिउँसो करिब १२ः३० बजे भारतबाट विराटनगरतर्फ आउँदै गरेको को १ च ३११० नम्ब...

माघ २१ गते बुधबार, यस्तो छ तपाईको राशिफल

माघ २१ गते बुधबार, यस्तो छ तपाईको राशिफल
मेष लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । हठ गर्ने बानीले दुःख पाइनेछ, जागिरमा पनि सावधान रहनु होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । प्रतीक्षित नतिजाले साँझदेखि उत्साह बढाउनेछ । वृष अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । केही खर्च लागेपनि सोचेको काम बन्नेछ । व्यवसायम...

माघ २० गते मंगलबार, यस्तो छ तपाईको राशिफल

माघ २० गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष तार्किक क्षमताले सम्मान दिलाउनेछ । साँझदेखि अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ । आशा देखाउनेहरूले धोका दिन सक्छन् । लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । पढाइ लेखाइमा ध्यान केन्द्रित नहुन सक्छ । वृष भेटघाटले काममा बाधा पुर्याउनेछ । आँटले काम लिन नसक्दा पछि परिनेछ । स्वास्थ्य कमजोर रहेपनि समुदायको हितमा राम्रै काम...

नेपाल–भारत सीमाक्षेत्रमा ‘निपाह भाइरस’ को त्रास

नेपाल–भारत सीमाक्षेत्रमा ‘निपाह भाइरस’ को त्रास
प्रेम अधिकारी पशुपतिनगर (इलाम), माघ १९ गते । छिमेकी देश भारतको पश्चिम बंगालमा घातक निपाह भाइरस फैलन थालेपछि नेपालको सीमावर्ती क्षेत्रमा सचेतना अपनाउन थालिएको छ । इलामको सूर्योदय नगरपालिकासँग सीमा जोडिएको पश्चिम बंगालमा हाल दुई जना स्वास्थ्यकर्मीमा निपाह भाइरसको संक्रमण देखिएसँगै सूर्योदय नगरपालिकाले सीमा क्षेत्रमा सचेतना अपनाएको हो । नगरपालिकाले निपाह भाइरस नेपालमा प्रवेश गर्दा सीमावर्त...