कोशी प्रदेश पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
विराटनगर । कोशी प्रदेशलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको प्रदेशका रूपमा घोषणा गरिएको छ ।कोशी प्रदेशका सबै १४ जिल्ला, १३७ स्थानीय तह र १ हजार १५७ वडाले पूर्णखोप सुनिश्चितता घोषणा गरेपछि प्रदेशस्तरीय घोषणा कार्यक्रम सम्पन्न गरिएको हो ।
स्वास्थ्य मन्त्रालय, कोशी प्रदेश सरकार तथा प्रदेश खोप समन्वय समितिको सचिवालय, स्वास्थ्य निर्देशनालय धनकुटाको आयोजनामा भएको कार्यक्रममा प्रदेशका मुख्यमन्त्री...









