झापामा असोज ५ देखि जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान, ५ लाखभन्दा बढीलाई लगाइने
झापा- झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) विरुद्ध पाँच लाखभन्दा बढी नागरिकलाई खोप दिइने भएको छ ।
स्वास्थ्य कार्यालय झापाले आज बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा आगामी असोज ५ देखि १५ गतेसम्म जिल्लाका १५ वटै स्थानीय तहका ३० वर्षमाथिका नागरिकलाई लक्षित गरी खोप अभियान सञ्चालन गर्न लागेको हो ।
कार्यालयका प्रमुख बृजकुमार दासका अनुसार अभियानका लागि आवश्यक खोप जिल्लामा आइसकेको छ । स्थानीय तहसँगको स...









