शेखर कोइरालासहितका नेताहरू देउवासँग छलफलका लागि महाजगञ्जमा

शेखर कोइरालासहितका नेताहरू देउवासँग छलफलका लागि महाजगञ्जमा
नेपाली कांग्रेसका नेता शेखर कोइरालासहितका नेताहरू सभापति शेरबहादुर देउवासँग छलफलका लागि पुगेका छन् ।देउवा निवास महााजगञ्जमा उनीहरूबीच छलफल सुरु भएको जनाईएको छ । छलफलमा सहभागी हुन कोइरालासहित सहमहामन्त्रीहरू जीवन परियार र बद्रि पाण्डे, नेता मिनेन्द्र रिजाल लगायत नेताहरू पुगेका छन् । भृकुटीमण्डपमा विशेष महाधिवेशन चल्दैगर्दा देउवाले छलफल तीव्र बनाएका हुन् । विशेष पक्षधर महाधिवेशनमा भने दुई प्र...

राष्ट्रपतिद्वारा माघ ४ गतेका लागि राष्ट्रियसभाकाे अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा माघ ४ गतेका लागि राष्ट्रियसभाकाे अधिवेशन आह्वान
काठमाण्डाै – मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले आउँदाे माघ ४ गतेका लागि अधिवेशन आह्वान गर्नुभएकाे हाे । आजै बसेकाे मन्त्रिपरिषद् बैठकले माघ ४ गते आइतवार बिहान ११ बजे सङ्घीय संसद् सचिवालय सिंहदरबारमा राष्ट्रियसभाको बैठक बस्ने गरि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियाे ।

गगन र विश्वप्रकाशले गरे विशेष महाधिवेशनको उद्घाटन

गगन र विश्वप्रकाशले गरे विशेष महाधिवेशनको उद्घाटन
काठमाडौँ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गरेका छन्। उनीहरूले दीप प्रज्वलन गरी बिरुवामा पानी हालेर औपचारिक रुपमा विशेष महाधिवेशनको उद्घाटन गरेका हुन्। त्यसक्रममा उनीहरूले बेलुनसमेत उडाएका थिए। नेपाली कांग्रेसको विशेष महाधिवेशन आजबाट भृकुटीमण्डपमा सुरु भएको छ। महामन्त्रीद्वय थापा र शर्माको आह्वानमा विशेष महाधिवेशन सुरु भएको हो।...

विशेष महाधिवेशनको विषयमा कांग्रेस मोरङका नेता–कार्यकर्ता विभाजित

विशेष महाधिवेशनको विषयमा कांग्रेस मोरङका नेता–कार्यकर्ता विभाजित
मोरङ – नेपाली कांग्रेसभित्र देखिएको महाधिवेशनको विषयमा जिल्ला तहका नेता तथा कार्यकर्ता विभाजित देखिएका छन्। मोरङबाट भने अधिकतम ५५ जनासम्म आइतबारबाट सुरु हुने भनिएको विशेष महाधिवेशनका लागि काठमाडौँ पुग्ने देखिएको छ। नेपाली कांग्रेस जिल्ला कार्यसमिति उपसभापति भक्तिनाथ माझीका अनुसार जिल्लाबाट ५० देखि ५५ जनासम्म विशेष महाधिवेशनमा सहभागी हुने देखिएको हो। विशेष महाधिवेशनका लागि भनेर जिल्लाबाट श...

रास्वपा सचिवालयको आकस्मिक बैठक

रास्वपा सचिवालयको आकस्मिक बैठक
काठमाडौँ, पुस २६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालयको आकस्मिक बैठक सुरु भएको छ । पार्टी सभापति रबि लामिछानेको निर्देशानुसार पार्टी सचिवालयको आकस्मिक बैठक भर्चुअल बैठक सुरु भएको प्रवक्ता मनिष झाले जानकरी दिनुभयो। उहाँका अनुसार ‘जुम’ माध्यमबाट आयोजना गरिने बैठकमा पार्टी एकता तथा समायोजनसम्बन्धी विषयमा छलफल हुँदैछ । पार्टीका नेता तथा पूर्वसांसद् गणेश पराजुलीले रास्वपा र उज्यालो...

खेलकुदमन्त्री गुप्तामाथि राजीनामाको दबाब

खेलकुदमन्त्री गुप्तामाथि राजीनामाको दबाब
काठमाडौं । मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गराएर अमेरिका भ्रमणमा जान लागेका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तामाथि राजीनामाको दबाब बढेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका रूपमा रवि, कुलमान र बालेनको सम्झौता समारोहमा सहभागी गुप्तालाई रास्वपासँगको आबद्धता विषयमा स्पष्ट भई पार्टीमा लाग्ने भए राजीनामा दिन प्रधानमन्त्री सुशीला कार्कीले दबाब दिइरहँदा अमेरिका भ्रमण विवादले समेत थप दबाब बढेको हो । एनआरएन...

सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउने गतिविधि नगर्न गृह मन्त्रालयको आग्रह

सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउने गतिविधि नगर्न गृह मन्त्रालयको आग्रह
काठमाण्डौ – गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउने गतिविधि नगर्न आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति निकालेर सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्याउने किसिमका घटना नगर्न सचेत गराएको हो । सामाजिक सञ्जालको दुरुपयोग गरी निश्चित समुदाय एवम् धर्मलक्षित अवैधानिक गतिविधि गर्ने, आपसी सामाजिक सद्भावमा खलल पुर्याउन...

देशलाई यथास्थितिबाट माथि उठाउने बेला आएको छः मन्त्री घिसिङ

देशलाई यथास्थितिबाट माथि उठाउने बेला आएको छः मन्त्री घिसिङ
भक्तपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यथास्थितिबाट माथि उठाएर देशको मुहार फेर्नुपर्ने बेला आएको बताएका छन्। भक्तपुरमा आज नागरिक भेटघाट एवं छलफल कार्यक्रममा उनले अब हरेक नागरिकले आफ्ना लागिभन्दा देशका लागि केही दिऔँ भनेर अगाडि बढ्नुपर्ने बताए। मन्त्री घिसिङले भने, 'देशले परिवर्तन खोजेको छ, त्यसैले यथास्थितिबाट माथि उठ्न मैले के पाएँ भन्नुभन्दा पनि देशले के पायो ? देशलाई के दि...

रास्वपाको बृहत् राजनीतिक समायोजन

रास्वपाको बृहत् राजनीतिक समायोजन
काठमाडौँ, पुस २२ गते । नवयुवा (जेनजी) आन्दोलनपछि मुलुकमा भ्रष्टाचार अन्त्य र सुशासन कायम आमनागरिकको आकाङ्क्षा पूरा गर्ने घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बृहत् राजनीतिक समायोजन अभियान सुरु गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउने सङ्कल्पसहित रास्वपाले वैकल्पिक पार्टीसँगको एकतालाई प्राथमिकता दिँदै आएको छ । यसै ...

तमु ल्होसारले एकता र समृद्धिको यात्रामा प्रेरणा दिन्छ : मेयर कोइराला

तमु ल्होसारले एकता र समृद्धिको यात्रामा प्रेरणा दिन्छ : मेयर कोइराला
विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तमु ल्होसार–२०८२ ले सामाजिक एकता, सहअस्तित्व र समृद्धिको यात्रामा सबैलाई एकजुट गराउने विश्वास व्यक्त गरेका छन् । तमु ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यो पर्व केवल नयाँ वर्षको सुरुआत मात्र नभई प्रकृति, समयचक्र र जीवनको नवीकरणसँग गहिरो रूपमा जोडिएको सांस्कृतिक पर्व भएको बताएका हुन् । मेयर कोइरालाका अनुसार परम्परागत भेषभूषा...