काठमाडौँ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गरेका छन्।

उनीहरूले दीप प्रज्वलन गरी बिरुवामा पानी हालेर औपचारिक रुपमा विशेष महाधिवेशनको उद्घाटन गरेका हुन्। त्यसक्रममा उनीहरूले बेलुनसमेत उडाएका थिए।

नेपाली कांग्रेसको विशेष महाधिवेशन आजबाट भृकुटीमण्डपमा सुरु भएको छ। महामन्त्रीद्वय थापा र शर्माको आह्वानमा विशेष महाधिवेशन सुरु भएको हो।

काठमाडौँ जिल्लाका सभापति सबुज बानियाँको सभापतित्वमा विशेष महाधिवेशन सुरु भएको हो। देशभरबाट आएका नेपाली कांग्रेसका नेता–कार्यकर्ताको उपस्थितिले भृकुटीमण्डप खचाखच भरिएको छ।

पार्टीको संस्थापन पक्षले विशेष महाधिवेशन हुन नदिन हरसंभव कोसिस गरे पनि विधानको धारा १७ (२) अनुसार ४० प्रतिशतभन्दा बढी प्रतिनिधिहरुको माग बमोजिम सुरु भएको हो।

संस्थापन पक्षले जिल्ला जिल्लाबाट प्रतिनिधि र नेताहरुलाई काठमाडौँ नआउन पाटक पटक निर्देशन दिए पनि आइतबार र सोमबार चल्ने गरी विशेष महाधिवेशन सुरु भएको हो।

तपाईको प्रतिक्रिया