राजमार्ग अवरुद्ध हुने सम्भावना उच्च, विभागले दियो सम्पर्क नम्बर
काठमाडौँ, असोज १८ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले असोज १८ देखि २० गतेसम्म मनसुन सक्रिय रहने र भारी वर्षासँगै सडक अवरुद्ध हुने सम्भावना रहेको भन्दै सचेत रहन अनुरोध गरेको छ ।
शनिबार बिहान ७ बजेसम्म मुख्य राजमार्गहरु बन्द भएको खबर आएको छैन । राती बन्द भएका सडक आज बिहान ५ बजेबाट सञ्चालनमा आएका हुन् ।
विभागले सडक प्रयोगकर्तालाई आवश्यक सूचना पाउन टोल–फ्री नम्बर ९...







