काठमाडौँ । नेपाल ए टिम अस्ट्रेलियाको तासमानियासँग पराजित भएको छ । नेपाल ए तासमानियासँगको एकदिवसीय खेल २ विकेटले हारेको हो ।
नेपाल ए ले दिएको १९३ रनको लक्ष्य पछाएको तासमानियाले ४९.२ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले ४३.३ ओभरमा अल आउट हुदै १९२ रन बनाएको थियो ।
अब नेपाल ए ले सेप्टेम्बर ४ बुधबार साउथ अस्ट्रेलिया टिमसँग र सेप्टेम्बर ६ आइतबार न्यूजील्याण्ड ए सँग खेल्ने तालिका रहेको छ ।





