देशभरका दर्जनौँ सडक अवरुद्ध
काठमाडौँ । लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लामा पहिरो, बाढी, सडक कटान तथा हिलोका कारण प्रमुख सडकखण्ड अवरुद्ध भएका छन्। प्रहरीका अनुसार विभिन्न जिल्लाका सडकखण्डमा सवारीसाधनको आवतजावत प्रभावित भएको छ ।
सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गमा रातिको समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै सि...








