पथरी बजारमा मिनि ट्रकको ठक्करबाट महिलाको मृत्यु
मोरङ, ३० साउन । पथरी बजारमा शुक्रबार साँझ करिब ७:३० बजे नम्बर नखुलेको मिनि ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गस्थित गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि भएको उक्त दुर्घटनामा परि उपचारका लागी लैजाने क्रममा ती महिलाको मृत्यु भएको हो ।
मृत्यु हुने महिलाको पहिचान खुल्न नसकेको ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले जानकारी दिए ।
...









