चौबिसे गाउँपालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न
धनकुटा — नेपाल बीमा प्राधिकरण, कोशी प्रादेशिक कार्यालयले चौबिसे गाउँपालिकामा शुक्रबार बीमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । चौबिसै गाउँपालिका अध्यक्ष राजकुमार लिम्बूले पहिलोपटक चौबिसे गाउँपालिकामा बीमा प्राधिकरणले सचेतना कार्यक्रम लिएर आएका बेला स्थानीय स्तरमा बीमा सेवा अभावमा चुनौती सिर्जना हुने गरेको बताउनुभयो ।उहाँले“बीमा गर्दा आवश्यक जानकारी बीमितलाई पर्याप्त रूपमा नपुगेको मह...








