काठमाडौँ, चैत २५ गते । प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचन आगामी चैत २७ गते हुने भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचनका लागि मिति तोक्नुभएको हो ।

सभामुख अर्यालले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ८ को उपनियम (२) बमोजिम उपसभामुखको निर्वाचनको मिति घोषणा गर्नुभएको हो । सो अवसरमा उहाँले निर्वाचन सम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न प्रतिनिधि सभाका सचिव हर्कराज राईलाई निर्देशन समेत दिनुभयो ।

सङ्घीय संसद सचिवालयले निर्वाचनको विस्तृत कार्यतालिका आजै सार्वजनिक गर्ने तयारी गरेको छ । नयाँ सरकार गठन र सभामुखको निर्वाचनपछि रिक्त रहेको उपसभामुख चयन प्रक्रिया अघि बढेको हो । चैत २७ गते हुने मतदान प्रक्रियाबाट प्रतिनिधि सभाले नयाँ उपसभामुख चयन गर्नेछ ।

तपाईको प्रतिक्रिया