मोरङमा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
खेमराज सापकोटा
रानी, बैशाख ९ गते । मोरङको बुढीगंगा गाउँपालिका –७ सिसवनीस्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा साइकल यात्री ६९ वर्षीय बलराम विश्वासको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोरङ ट्राफिक प्रहरीका अनुसार प्रदेश १–०२–०४ ह ०११६ नम्बरको सीटी सफारीले साइकलमा यात्रा गरिरहेका विश्वासलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका विश्वासलाई उपचा...









