प्रतिनिधिसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

प्रतिनिधिसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने
काठमाडौं। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। बैठकमा विनियोजन विधेयक, २०८३ माथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। कार्यसूचीअनुसार युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण म...

सांसद सृष्टि भट्टराईको स्पष्टीकरण :भविष्यमा दोहोरिँदैन

सांसद सृष्टि भट्टराईको स्पष्टीकरण :भविष्यमा दोहोरिँदैन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा भाइरल भएको भिडियोबारे स्पष्टीकरण दिएकी छन्। गुडिरहेको गाडीको झ्यालबाट शरीर बाहिर निकालेर रमाइलो गरिरहेको देखिने भिडियो सार्वजनिक भएपछि चौतर्फी चर्चा र आलोचना भएको थियो। त्यसपछि भट्टराईले सामाजिक सञ्जालमार्फत उक्त भिडियो आफ्नो वर्तमान सांसद पद वा कुनै सरकारी जिम्मेवारी सम्हाल्नुअघि कैद गरिएको निजी क्षण भएको बताएकी हुन्।...

रास्वपाको कर्णाली प्रदेश सभापतिमा खड्का विजयी

रास्वपाको कर्णाली प्रदेश सभापतिमा खड्का विजयी
कर्णाली- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कर्णाली प्रदेश सभापतिमा मदन खड्का विजयी भएका छन्। मंगलबार यहाँ सम्पन्न पार्टीको प्रथम कर्णाली प्रदेश महाधिवेशनबाट नन्दकिशोर बस्नेत र स्नेहा उपाध्यायलाई पराजित गर्दै खड्का विजयी भएका हुन् । कुल खसेको ४०० मध्ये खड्काले २८८ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ । उनका प्रतिस्पर्धीद्वय उपाध्याय र बस्नेतले क्रमशः ६३ र ३५ मत प्राप्त गरे ।...

सोलुखुम्बुमा कफी प्रशोधन प्लान्ट सञ्चालन, किसानलाई बजार र मूल्यको सुनिश्चितता

सोलुखुम्बुमा कफी प्रशोधन प्लान्ट सञ्चालन, किसानलाई बजार र मूल्यको सुनिश्चितता
सोलुखुम्बु/ थुलुङ दूधकोशी गाउँपालिकामा कफी प्रशोधन प्लान्ट सञ्चालनमा आएको छ। गाउँपालिका, इको हिमाल र ग्लेशियर ट्रस्टको संयुक्त लगानीमा स्थापना गरिएको प्लान्टले स्थानीय कफी किसानलाई उत्पादनको उचित मूल्य दिलाउन तथा बजार पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा पालिकाभित्र दुई हजार १८५ किलोग्राम कफी उत्पादन भएको थियो। किसानको उत्...

अन्तरजातीय विवाह गर्ने ११ दम्पती सम्मानित

अन्तरजातीय विवाह गर्ने ११ दम्पती सम्मानित
ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ११ दम्पतीलाई नगदसहित सम्मान गरेको छ । सामाजिक सद्भाव, समानता र जातीय विभेद अन्त्य गर्ने उद्देश्यले गाउँपालिकाले दलित सचेतना कार्यक्रमअन्तर्गत दम्पतीहरूलाई सम्मान गरेको हो । मङ्गलबार गाउँपालिकामा आयोजित कार्यक्रममा अन्तरजातीय विवाह गरी समाजमा सकारात्मक सन्देश प्रवाह गरेका दम्पतीहरूलाई सम्मान गरिएको दलित अधिकार...

आठराई त्रिवेणीलाई पुसभित्र फुसको छानोमुक्त पालिका घोषणा गरिने

आठराई त्रिवेणीलाई पुसभित्र फुसको छानोमुक्त पालिका घोषणा गरिने
ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी २०८३ साल पुस महिनाभित्र पालिकालाई पूर्ण रूपमा फुसको छानोमुक्त घोषणा गर्ने लक्ष्य लिएको जनाएको छ । गाउँपालिकाले मङ्गलबारदेखि सुरु गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमअन्तर्गत वडा नं. १ निगुरादिनमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू (दिपेन)ले उक्त घोषणा गर्नुभएको हो । अध्यक्ष पोमूका अनुसार पालिकाभित्र रहेका अधिका...

पाथीभराबाट साढे ४६ लाख बढी भेटी सङ्कलन

पाथीभराबाट साढे ४६ लाख बढी भेटी सङ्कलन
ताप्लेजुङ, असार ३ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ) मा एक महिनामा साढे ४६ लाख बढी भेटी सङ्कलन भएको छ । जेठ महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको भेटी रकम सार्वजनिक गर्दै आइरहेको विवरण अनुसार जेठमा भक्तजनहरूले ४६ लाख ६० हजार ६०० रुपियाँ भेटी पाथीभरा मन्दिरमा चढाएका छन् । यो सहित चालु आर्थिक वर्षमा चार करोड ४९ लाख ३१ हजार २०० ...

दाब हराएको विवादमा ललिता हाँस्दामाथि दर्ता अभद्र मुद्दा खारेज गर्न स्थानीयको माग

दाब हराएको विवादमा ललिता हाँस्दामाथि दर्ता अभद्र मुद्दा खारेज गर्न स्थानीयको माग
विराटनगर, असार २ गते — जहदा गाउँपालिका–२, बिरपुरकी मिरा साहले ललिता हाँस्दाविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा दर्ता गराएको अभद्र व्यवहारसम्बन्धी मुद्दा खारेज गर्न स्थानीयवासीले माग गरेका छन्।विराटनगरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा स्थानीय तथा नागरिक समाजका प्रतिनिधिहरूले हाँस्दामाथि पूर्वाग्रही ढंगले मुद्दा दर्ता गरिएको दाबी गर्दै तत्काल खारेज गर्न प्रशासनसँग आग्रह गरेका हुन्। स्थानीयका ...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित
काठमाडौँ- फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न समूह ‘आई’को खेलमा फ्रान्सले सेनेगलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रङ्गशालामा भएको खेल पहिलो हाफ बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा भने दुवैतर्फबाट कूल चार गोल भए । खेलको ६६औँ मिनेटमा फ्रान्सका लागि किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने खेलको ८२औँ मिनेटमा ब्राड्ली बारकोलाले गोल ग...

आजको राशिफल ~२०८३ आषाढ ०३ गते बुधवार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~२०८३ आषाढ ०३ गते बुधवार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
काठमाडौँ – २०८३ साल असार ३ गते बुधबार । सन् २०२६ जुन १६ तारिख। जेठ शुक्ल पक्षको तृतीया तिथि । विश्व खडेरीविरुद्ध संघर्ष दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।   मेष : मनमा सकारात्मकता र नयाँ जोश जाग्नेछ। धेरै समयदेखि सोचिरहेको कामलाई व्यवहारमा उतार्ने अवसर जुट्नेछ। कसैको प...