मिक्वाखोलाको तेम्बा बजारमा भएको आगलागीमा ४ घर जले पूर्ण रूपमा
ताप्लेजुङः हिजो राति ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा लागेको भीषण आगलागीले चार घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।
राति करिब ११ बजे शुरु भएको आगो स्थानीय बासिन्दा, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त प्रयासमा आज बिहान करिब ६ बजे नियन्त्रणमा आएको हो ।
इन्द्रकुमार लिम्बू, राजकुमार लिम्बू, अनिल लिम्बू र विष्णुप्रसाद लिम्बूका घर पूर्ण रूपमा जलेका छन् ।
इन्द्रकुमार लिम्...








