पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो।

आयोगका अनुसार, पेट्रोलमा १ र डिजेल÷मट्टितेलको मूल्य ३ रुपैयाँले बढेको छ।

यससँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १५६ रुपैयाँ पुगेको छ भने सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५५ रुपैयाँ पुगेको छ।

यस्तै, चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १५३ रुपैयाँ ५० रुपैयाँ पुगेको छ।

तपाईको प्रतिक्रिया