काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद क्रान्तिशिखा धितालले ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार-कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने बताएकी छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद धितालले सडकमा राष्ट्रसेवक, सुरक्षाकर्मी तथा ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार एवं कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने र आवश्यक सुधार गरिनुपर्ने बताएकी हुन्।
उनले त्रिपुरेश्वरमा भएको बसमा आगलागी र चालकको मृत्युको घटनाबारे बाहिर आएका विवादास्पद विगत वा सूचनाहरूमा थप अनुसन्धान गरी प्रहरीले सत्यतथ्य बाहिर ल्याउने बताउदै उनले चालकहरूको आत्मसम्मान, इज्जत, न्यूनतम पारिश्रमिक, खानपान, आराम, काम गर्ने लामो समय तथा शारीरिक एवं मानसिक स्वास्थ्यको परीक्षण नहुनु संवेदनशील विषय भएको बताएकि थिइन् ।
उनले चालकलाई मात्र दोष थोपारेर समस्या समाधान नहुने भन्दै राज्य, सम्बन्धित निकायहरू र यातायात व्यवसायीसमेत गम्भीर हुनुपर्ने धारणा राखेकी थिइन् ।





