काठमाडौं । आज २०८२ साल असोज ६ गते सोमबार। आश्विन शुक्ल पक्षको प्रतिपदा तिथि । तदनुसार सन् २०२५ सेप्टेम्बर २२ तारिख । घटस्थापना । नवरात्र आरम्भ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : स्वरोजगारको लागि विदेश तिर ताक्नेहरूलाई नयाँ अवसर हात लाग्ला। कृषि वा पशुधनमा क्षय हुने सम्भावना रहेको छ सावधान रहनुहोस्। कार्यक्षेत्रमा सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।
वृष : आत्मविश्वासले भरपुर रहनुहुनेछ। कार्यक्षेत्रमा मनग्य लाभ मिल्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। प्रेम सम्बन्ध कसिनेछ। व्यापार व्यवसायमा तारिफ योग्य कामले प्रशंसा पाईनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ५ रहेको छ।
मिथुन : कार्यक्षेत्रमा संघर्षपूर्ण समय बित्नेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। व्यापार व्यवसायमा आकस्मिक धनलाभ रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।
कर्कट : निजी सम्बन्धमा बाहिरको हस्तक्षेपले समस्या निम्त्याउन सक्छ सावधान रहनुहोस्। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। कारोबारमा विस्तारवादी योजनाले लाभ मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।
सिंह : व्यापार व्यवसायमा लाभ रहनेछ। कार्यक्षेत्रमा राम्रो सद्भाव पाइनेछ। शेयर मार्केटबाट लाभ मिल्नेछ। घरपरिवारमा आफूभन्दा ठूलाको सहयोग मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
कन्या : परिश्रम अनुसार उपलब्धि हात लाग्नेछ। रोकिएका काम पुनः प्रारम्भ हुनेछन्। दैनिकी काममा सन्तोषजनक परिणाम मिल्नेछ। सेवामूलक कार्यबाट लाभ मिल्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
तुला : युवाहरूको करियरलाई लिएर प्रगति हुनेछ। कार्यक्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुनेछन्। रोजगारमा सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
वृश्चिक : कार्यक्षेत्रमा परिणामको चिन्ता नगरी कार्य गर्नुहोस् सफलता पाउनुहुनेछ। नयाँ सम्पर्कबाट लाभ मिल्नेछ। पारिवारिक समस्याहरूको समाधान हुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।
धनु : नोकरी वा पेशामा इमान्दारिताको परिचय दिनुहोला। नयाँ योजनाहरूमा लगानी लगाउने अवसर मिल्नेछ। सामाजिक जीवनमा मानसम्मान बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।
मकर : प्रेम सम्बन्ध सुमधुर रहनेछ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ९ रहेको छ।
कुम्भ : कार्यक्षेत्रमा सानोतिनो कुरा लम्ब्याउनाले विवाद बढ्न सक्ला। अड्केका कार्यसम्पादन गर्नमा परिवारहरूको सहयोग मिल्नेछ। कार्यक्षेत्रमा सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।
मीन :कार्यक्षेत्रमा नयाँ कार्यहात लाग्नेछ। पारिवारिक समस्याको समाधान मिल्नेछ। हतारमा लिएका निर्णयहरू नोक्सानदाई रहनेछन्। प्रशासनिक क्षेत्रमा कार्य सम्पादनमा बाधा आउनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ५ रहेको छ।