रौतहटमा ज्योति डिस्टिलरीमा बोइलर विष्फोट : १ को मृत्यु, ५ घाइते
रौतहट । कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा शनिबार बिहान बोइलर विष्फोट हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले प्राथमिक उपचारपछि उनीहरूलाई वीरगञ्जतर्फ थप उपचारका लागि पठाइएको छ। मृतक र घाइतेहरूको पहिचान अझै खुल्न बाँकी रहेको छ।
इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी सहायक निरीक्षक धर्मेन्द्र पौडेलका अनुसार प्रहरी टोलील...









