काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र रास्वपाका सभापति रवि लामिछाने बीचको एकतामा हस्ताक्षर आज हुने भएको छ। शुक्रबार साँझसम्म सहमतिमा सम्झौताको तयारी गरे पनि नेताहरूको व्यस्तता र केही प्राविधिक कारणले शनिबारका लागि सरेको सहमतिको कार्यदलमा रहेका रास्वपा सचिवालय सदस्य शिशिर खनालले जानकारी दिए।

‘दुई नेता बीचको सहमतिमा शनिबार हस्ताक्षर हुन्छ’ खनालले भने,’त्यसको केहीदिन पछि घोषणा सभा हुन्छ। अहिले सहमतिको अन्तिम खाकाको प्राविधिक काम सक्न दुवै पक्षका नेताहरू आन्तरिक गृहकार्यमा छन्। अहिलेको रास्वपाको पदाधिकारी टिममा कुनै परिवर्तन हुने छैन। रास्वपाकातर्फबाट सहमतिको गृहकार्यका लागि उपसभापति डा.स्वर्णिम वाग्ले, सचिवालय सदस्य शिशिर खनाल र केन्द्रीय सदस्य असिम साह तथा बालेनकातर्फबाट सल्लाहकार कुमार बेन सहभागी छन्।

तपाईको प्रतिक्रिया