संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिका–१०, इखम्बुमा खुकुरी प्रहार गरी एक पुरुषको हत्या गरिएको छ।

स्थानीय ४७ वर्षीय लीलाप्रसाद राईमाथि खुकुरी प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाका प्रहरी निरीक्षक मेघराज अर्यालले जानकारी दिए।

अर्यालका अनुसार शनिबार दिउँसो मृतकका छिमेकी ५९ वर्षीय शिवकुमार राईले खुकुरी प्रहार गरेका थिए।

गाईवस्तुले घाँस खाएको निहुँमा विवादले उग्ररुप लिँदा हत्या भएको प्रहरी निरीक्षक अर्यालले बताए।

शिवकुमारले खुकुरी प्रहार गरेपछि लीलाप्रसादको घटनास्थलमै मृत्यु भएको अर्यालले जानकारी दिए।

घटनापछि शिवकुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया