रसुवागढी जलविद्युत् केन्द्रमा फसेका ४ कर्मचारीको सकुशल उद्धार
काठमान्डौँ ।
रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका ४ कर्मचारीको सकुशल उद्धार गरिएको छ । उद्धार गरिएका कर्मचारीमा भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझी रहेका छन् । प्रतिकूल मौसमका बीच उद्धार टोलीले केन्द्रभित्र फसेका उनीहरूलाई सुरक्षित बाहिर ल्याएको ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ ।
त्यस्तै, त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा पनि सम्भावित उद्धारका लागि आव...








