पाँच वर्षमा पनि बनेन रावा खोलाको झोलुङ्गे पुल
राजकुमार भट्टराई
खोटाङ, जेठ १५ गते । रावा खोलामा निर्माणाधीन रहेको झोलुङ्गे पुल अलपत्र परेको छ । खोटाङको केपिलासगढी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिका जोड्ने रावा खोला झोलुङ्गे पुल अलपत्र परेको हो ।
केपिलासगढी –४ र ऐसेलुखर्कको राखाबाङदेल जोड्ने झोलुङ्गे पुल २०७८ फागुन ४ गते उपभोत्ता समितिमार्फत निर्माण गर्नेगरी सम्झौता भएको थियो । तर, सम्झौता भएको करिब पाँच वर्ष पुग्न लाग्दा हालसम्म पुल निर्...









