काठमाण्डाै – भारतलाई हराउँदै काजकिस्तान काभा महिला भलिबल च्याम्पियनशिपकाे फाइनलमा पुगेकाे छ ।
त्रिपुरेश्वरको दशरथ रङ्गशाला कभर्डहलमा आज भएको पहिलाे सेमिफाइनलमा काजकिस्तानले भारतलाई ३–० काे साेझाे सेटमा हरायाे । काजकिस्तानले पहिलो सेट २५-२१, दोस्रो सेट २५-१७ र तेस्रो सेट २५-१४ ले जित्याे ।
भारत समूह ‘ए’ काे विजेता बन्दै र काजकिस्तान समूह ‘बी’ काे उपविजेता बन्दै सेमिफाइनलमा पुगेका थिए ।
दाेस्राे सेमिफाइनलमा अहिले बेलुकी ५ बजे नेपाल र इरान खेल्दैछन् । इरान समूह ‘बी’ काे विजेता र नेपाल समूह ‘ए’ काे उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।







