डुम्रे–बेंसीसहर–चामे सडक सञ्चालनमा
नवीनराज कुइँकेल
लमजुङ, असोज २० गते । आइतबारदेखि मौसममा सुधार आएपछि बाढीपहिरोको जोखिमका कारण तीन दिनका लागि बन्द गरिएको डुम्रे–बेंसीसहर–चामे सडक पुनः सञ्चालनमा आएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रेदेखि लमजुङ सदरमुकाम बेंसीसहर हुँदै मनाङ सदरमुकाम चामेसम्मको सडकमा सवारीसाधन सञ्चालन सुरु भएको हो । सडक सञ्चालनमा आएसँगै ती क्षेत्रमा सवारीसाधनको आवागमन नियमित हुन थालेको जिल्ला प्रहरी कार...








