काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ३ करोड ७१ लाखभन्दा बढी कित्ता सेयरको लक–इन अवधि आगामी साउन ३० गतेदेखि समाप्त हुने भएको छ। लक–इन अवधि सकिएसँगै ती सेयर कारोबारका लागि योग्य हुनेछन्।
कम्पनीका अनुसार लक–इन अवधि समाप्त हुने कुल ३ करोड ७१ लाख ५७ हजार १२० कित्ता सेयरमध्ये ३ करोड ६३ लाख ७७ हजार ६ सय कित्ता संस्थापक समूहको सेयर रहेको छ। बाँकी ७ लाख ७९ हजार ५२० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको हिस्सा हो।
यद्यपि, कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको स्वामित्वमा रहेका सेयर भने प्रचलित कानुनी व्यवस्था तथा नियामकीय प्रावधानअनुसार तत्काल फुकुवा नहुने कम्पनीले स्पष्ट गरेको छ।
लक–इन अवधि समाप्त भएपछि संस्थापक तथा कर्मचारी समूहका योग्य सेयरधनीले सम्बन्धित सेयर दोस्रो बजारमा कारोबार गर्न सक्नेछन्।







