विराटनगरका निशान कार्की ’मिस्टर नेपाल २०२५’ को उम्दा प्रतिस्पर्धी बनेका छन् । नेक्स्ट मोडल्स नेपालद्वारा आयोजित देशभरका ३० युवा सहभागी प्रतियोगितामा विराटनगरका निशान कार्की पनी उपाधिको दौडमा छन् । हाल कड़ा प्रशिक्षणमा रहेका सबै प्रतियोगीहरुलाई पौडी, फूटबल, चट्टान आरोहण क्याटवाक, छोटो पदयात्रा, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ, समाजसेवा लगायतका विषयमा प्रशिक्षण दिइँदै रहेको छ ।
भदौ २७ गते सोल्टी होटेलमा हुने फाइनल राउण्डमा मिस्टर वल्र्ड नेपाल, मिस्टर ग्लोबल नेपाल र म्यान अफ द वल्र्ड नेपाल– गरी ३ विधामा चुनिने तीने विजेताले ’मिस्टर वल्र्ड–२०२५’ वा ’मिस्टर ग्लोबल २०२५ मा नेपालको प्रतिनिधित्वको अलावा ५ लाख रुपैयाँ बराबरको पुरस्कार जित्ने बताइएको छ ।
मोरङ्ग जिल्लाकै प्रतिनिधित्व गरिरहेका प्रतियोगी नम्बर २३ का निशान कार्कीलाई भोट दिन यतिबेला अभियान चलाइएको छ ।
मोरङ्ग जिल्लाको प्रतिनिधित्व गर्दै निशान कार्की
