काठमाडौं, २५ जेठ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१÷८२ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक वित्तीय विवरण पारित गर्दै लाभांश नदिने निर्णय गरेको हो। संस्थाद्वारा जारी सूचनाअनुसार आर्थिक वर्ष २०८१÷८२ को नाफाबाट नगद वा बोनस सेयर कुनै पनि स्वरूपमा लाभांश प्रस्ताव नगरिएको जनाएको छ।

यस निर्णयसँगै चालु आर्थिक वर्षका लागि लाभांशको अपेक्षामा रहेका सेयरधनीहरू निराश बनेका छन्। लाभांश वितरण नहुने भएपछि संस्थाका सेयरधनीहरूको हात खाली हुने भएको छ।

तपाईको प्रतिक्रिया