मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मेहनतको प्रतिफल प्राप्त हुने दिन छ । विगतमा गरेका प्रयासले सकारात्मक नतिजा दिन सक्छन् । व्यवसाय विस्तार वा नयाँ योजनामा लगानी गर्ने अवसर मिल्न सक्छ । पारिवारिक वातावरण सुखद रहनेछ भने अध्ययन, अनुसन्धान तथा यात्राबाट लाभ मिल्ने संकेत छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
चुनौतीहरूका बीच पनि आत्मविश्वास कायम रहनेछ । गुरुजन तथा अनुभवी व्यक्तिको सुझावले महत्वपूर्ण निर्णय लिन सहज हुनेछ । लामो समयदेखि रोकिएका वा अपूरा रहेका काम पूरा हुने सम्भावना छ । आर्थिक पक्ष पनि सन्तोषजनक रहने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पढाइ तथा काममा एकाग्रता कायम राख्न केही कठिनाइ हुन सक्छ । स्वास्थ्यमा चिसो तथा थकानको असर देखिन सक्छ । सम्बन्धमा सामान्य गलतफहमी देखिए पनि संयमता अपनाए समाधान हुनेछ । अनावश्यक बहसबाट टाढा रहनु उपयुक्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आत्मविश्वास र इच्छाशक्ति बढ्नेछ । नयाँ कामको थालनी वा पुराना योजनाको सफल कार्यान्वयन हुन सक्छ । सामाजिक प्रतिष्ठा बढ्नेछ । परिवार तथा प्रेम सम्बन्धमा निकटता र विश्वास थप मजबुत बन्ने संकेत छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अवसरको खोजीमा सक्रियता बढ्नेछ । आर्थिक पक्षमा केही दबाब महसुस हुन सक्छ, त्यसैले खर्च व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ । परिवार र सामाजिक सम्बन्धमा धैर्यता अपनाउँदा विवाद टार्न सकिनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
रोकिएका कामहरू पुनः अघि बढ्नेछन् । आम्दानीका नयाँ स्रोत फेला पर्न सक्छन् । पेशा तथा व्यवसायमा प्रतिष्ठा बढ्ने संकेत छ । नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ, जसले भविष्यमा उन्नतिको मार्ग खोल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्य र खर्चको विषयमा सजग रहनुपर्ने दिन छ । जिम्मेवारी बढ्न सक्ने भएकाले समय व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ । आत्मविश्वासका साथ अघि बढे सामाजिक क्षेत्रमा प्रभाव कायम रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अधुरा र रोकिएका काम पूरा हुने सम्भावना छ । साथीभाइ तथा शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ । दीर्घकालीन योजना बनाउन र लगानीका विषयमा निर्णय लिन समय अनुकूल देखिन्छ ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे)
व्यवसाय तथा पेशागत क्षेत्रमा सफलता मिल्नेछ । अप्रत्याशित उपलब्धि प्राप्त हुन सक्छ । अनुभवी व्यक्तिको सल्लाहले महत्वपूर्ण अवसर प्राप्त गराउन सक्छ । आत्मविश्वास बढ्ने दिन छ ।

मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ ज्ञान, सीप तथा यात्राबाट लाभ मिल्ने संकेत छ । आम्दानीमा सुधार आउनेछ । दाम्पत्य जीवन तथा प्रेम सम्बन्धमा समझदारी र आत्मीयता बढ्नेछ । शैक्षिक क्षेत्र पनि अनुकूल रहने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
स्वास्थ्यप्रति विशेष ध्यान दिनुपर्ने समय छ । खर्च बढ्न सक्ने भएकाले आर्थिक योजना बनाएर अघि बढ्नु राम्रो हुनेछ । प्रतिस्पर्धात्मक क्षेत्रमा सतर्कता आवश्यक छ । अध्ययन र सम्बन्धमा धैर्यता अपनाउनुपर्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साझेदारी तथा सहकार्यबाट लाभ मिल्नेछ । जीवनसाथी वा नजिकका व्यक्तिको सहयोग प्राप्त हुनेछ । आम्दानी बढ्ने तथा नयाँ अवसर प्राप्त हुने संकेत छ । प्रेम, शिक्षा र सिर्जनात्मक क्षेत्रमा सकारात्मक परिणाम देखिनेछ ।

तपाईको प्रतिक्रिया