काठमाण्डौ – गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ ।
हिजो बेलुका न्यु चण्डीगढमा भएको दोस्रो क्वालिफायर खेलमा राजस्थान रोयल्सले दिएको २१५ रनको लक्ष्य गुजरातले १८ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो ।
गुजरातका कप्तान शुभमन गिलले ५३ बलमा १०४ रन बनाए । साई सुदर्शनले ३२ बलमा ५८ रन जोडे । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१४ रन बनाएको थियो ।
राजस्थानका वैभव सूर्यवंशीले ४७ बलमा ९६ रन बनाए पनि टोली पराजित भयो । अब उपाधिका लागि गुजरातले साबिक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)सँग खेल्नेछ ।
फाइनल खेल भोलि बेलुका पौने ८ बजे अहमदाबादमा हुनेछ ।







