काठमाडौँ । जापानमा रहेका उर्जाशिल नेपाली युवाहरूलाई एकताबद्ध गर्दै खेलमार्फत आपसी सम्बन्ध सुदृढ बनाउने उदेश्यले जापानको हाकोनेमा भलिबल प्रतियोगिता गरिने भएको छ । नेपाल कल्याण समाज जापानको आयोजनामा जुन १६ मा हुन लागेको प्रतियोगिताको मुख्य उदेश्य पर्यटन प्रवर्द्धन र आपसी एकता रहेको आयोजक समितिका अध्यक्ष बिष्णु शर्माले जानकारी दिए । मैत्रीपूर्ण पुरुष भलिबल प्रतियोगिताको विजेता टिमले नगद ३ लाख ११ हजार १ सय ११ येन र उपविजेताले २ लाख ११ हजार १ सय ११ येन प्राप्त गर्नेछन्। त्यस्तै दोस्रो हुने टिमले दुई लाख एघार हजार एक सय एघार येन प्राप्त गर्नेछन् ।
पुरस्कारसँगै ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ भने उत्कृष्ट पाँच विधाका खेलाडीहरूलाई समेत नगद पुरस्कार र ट्रफी प्रदान गरिने खेलकुद संयोजक मनोज केसीले जानकारी दिए । संस्थापक संरक्षक जोय बहादुर खड्काले सेइसा लेक एरिना हाकोनेमा हुने यो खेलले खेल, पर्यटन र समुदायबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । प्रतियोगितामा उत्कृष्ट खेलाीलाई १० हजार येन तथा ट्रफी, बेस्ट डिफेन्डरलाई ५ हजार येन र ट्रफी, बेस्ट सेटरलाई ५ हजार हजार येन र ट्रफी बेस्ट स्पाइकरलाई हजार येन र ट्रफी, बेस्ट सर्भरलाई हजार येन र ट्रफी तथा बेस्ट कोचलाई हजार येन र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । कार्यक्रम जुन १६ का दिन बिहान ९ बजे सुरु भएर साँझ ५ बजे समापन हुनेछ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण जापानको चर्चित पर्यटकीय क्षेत्र हाकोनेमा आयोजना हुन लागेको यस प्रतियोगिताले खेलकुदसँगै स्थानीय पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने अपेक्षा रहेको महासचिव खेमलाल सापकोटा बताउँछन् ।







