उर्लाबारी । वैदिक सनातन धर्म संरक्षण समिति उर्लाबारी नगर समितिको ऐतिहासिक प्रथम नगर अधिवेशन शुक्रबार उर्लाबारी–४ स्थित रामेश्वर शिवालयमा सम्पन्न भएको छ।
अधिवेशनको सभापतित्व सुमन खनालले गरेका थिए भने समितिका केन्द्रीय अध्यक्ष रामप्रसाद ओझा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रमको सञ्चालन सचिव नेत्रप्रसाद पौडेलले गरे भने स्वागत मन्तव्य उपाध्यक्ष कमल खनालले गरेका थिए।
अधिवेशनले नयाँ नेतृत्व चयनका लागि विष्णुप्रसाद गुरागाईं (विवेक), पण्डित देवलकरण अधिकारी र पण्डित कृष्णप्रसाद बराल रहेको चार सदस्यीय निर्वाचन समिति गठन गरेको थियो। निर्वाचन समितिको संयोजनमा उपस्थित गुरु तथा सदस्यहरूको सर्वसम्मतिबाट नयाँ नगर समिति चयन गरिएको छ।
नवनिर्वाचित समितिको अध्यक्षमा पण्डित नेत्रप्रसाद पौडेल चयन भएका छन्। त्यसैगरी उपाध्यक्षमा कोमल प्रसाद खनाल, सचिवमा लोमशशरण घिमिरे, सह–सचिवमा माधव प्रसाद सुवेदी तथा कोषाध्यक्षमा दुर्गा प्रसाद अधिकारी चयन भएका छन्।
समितिका सदस्यहरूमा हरि प्रसाद ओस्ती, स्वेमराज भण्डारी, नीलकण्ठ घिमिरे, रमेश तिम्सिना, भक्तिप्रसाद रिजाल, पुण्यप्रसाद खतिवडा, हेमचन्द्र अधिकारी र विमल पौडेल चयन भएका छन्।
त्यसैगरी लेखा समितिको संयोजकमा ओमप्रसाद प्याकुरेल तथा सदस्यमा मातृका भट्टराई चयन भएका छन्।
अधिवेशनले सल्लाहकार समिति समेत गठन गरेको छ। समितिको वरिष्ठ सल्लाहकारमा सुमन खनाल तथा संयोजकमा इन्द्रप्रसाद गौतम चयन भएका छन्। अन्य सल्लाहकारहरूमा पूर्णप्रसाद घिमिरे, नेत्रप्रसाद दाहाल , ध्रुब दाहाल , रोहिणी प्रसाद काफ्ले लगायत भएका छन्।
अधिवेशनमा वक्ताहरूले वैदिक सनातन धर्म, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनका लागि नगरस्तरमा संगठित रूपमा अभियान सञ्चालन गरिने बताएका थिए। नवगठित समितिले धर्म, संस्कार र सामाजिक जागरणका कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ
वैदिक सनातन धर्म संरक्षण समिति उर्लाबारी नगर समितिको प्रथम नगर अधिवेशन सम्पन्न







