काठमाडौं। देशलाई कायापलट गर्ने अभियानमा सक्रिय हुनुपर्दा संसद्, सार्वजनिक मञ्च र संविधान संरक्षक राष्ट्रपतिसम्मलाई समय दिन नभ्याएका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले आफ्नै निर्देशनमा बनेको बजेटलाई पनि सामाजिक सन्जालबाटै नबुझिने प्रतिक्रिया दिएका छन्।
अर्थमन्त्री स्वर्णिम वाग्लेको बजेट भाषणपछि शुक्रबार राती सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेर्दै प्रधानमन्त्रीले ढुक्क हुनुस्! भनेर लेखेका हुन्।
शुक्रबार अर्थमन्त्री वाग्लेले संघीय सदनमा आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रस्तुत गरेका थिए।
संसद् बैठकमा अहिलेसम्म सम्बोधन नगरेका बालेनले बजेट प्रतिक्रिया सञ्चार माध्यमलाई दिनुको साटो सामाजिक सन्जाल प्रयोग गरेर छोटोमीठो पाँच अक्षरबाट बजेट बुझाएका हुन्।







