काठमाडौं। सरकारले यसअघि दिँदै आएको कृषि तथा पशु बिमा शुल्कको प्रिमियममा ८० प्रतिशत अनुदान दिने व्यवस्थालाई निरन्तरता दिने भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संसदमा प्रस्तुत गरेको बजेटमार्फत कृषि बिमा शुल्कमा अनुदानलाई जारी राख्ने बताएका हुन्। अन्य अनुदान विस्तारै हटाउँदै लैजाने उनको भनाइ छ।







