जनकपुरधाम – सर्लाहीमा यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ। बिहीबार बाँके-संग्रामपुर सडकखण्ड अन्तर्गत हरिपुर्वा नगरपालिका ९ मा संग्रामपुरबाट बाँकेतर्फ जाँदै गरेको ग १ ख ९४६७ नम्बरको बसले ना ४८ प ४७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएकाे थियाे।
बसको ठक्करबाट गम्भिर घाइते भएका माेटरसाइकल चालक महोत्तरीकाे गौशाला नगरपालिका १२ का ३६ वर्षीय पप्पु भन्ने श्याम ठाकुरको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
दुर्घटनामा परेर ठाकुरको टाउकोमा गम्भीर चोट लागेकोमा उपचारका लागि प्रादेशिक अस्पताल मलगंवा पुर्याउँदा चिकित्सकले मृत्त घाेषणा गरेका थिए। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।







