मेष
आज कुनै नयाँ कामको थालनी गर्नु राम्रो हुनेछ । परिवारमा आर्थिक समस्याले सताउन सक्छ । काम गर्न जागर बढ्ने भएकाले धन लाभ हुने योग छ । सन्तान पक्षबाट सुखको अनुभूति हुनेछ । नयाँ काम सम्बन्धी योजना बनाउँदा फाइदा मिल्नेछ । साथै व्यापार व्यवसायबाट पनि लाभ हुने देखिन्छ ।
वृष
आज अनावश्यक रूपमा डर लाग्न सक्छ, सतर्क रहनुहोस् । कसैसँग हल्का मनमुटाव पनि हुन सक्छ । निर्णय गर्न ढिलाइ हुँदा काममा अवरोध आउन सक्छ र चिन्ता बढ्न सक्छ । स्वास्थ्यमा अचानक समस्या देखिन सक्छ, चोट पटकको पनि सम्भावना छ ।
मिथुन
आज तपाईंले कसैबाट आदर पाउने दिन छ, तर जागिरमा भने खासै मन नलाग्न सक्छ । धन मान प्राप्त हुने योग छ । नोकरी तथा राजनीतिमा आफ्नो प्रभाव बढाउन सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ र अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ ।
कर्कट
आज सोचेका काम पूरा भई सुखको अनुभव हुनेछ । रुपैँया पैसाको कारोबार पनि राम्रो हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल पाइनेछ, कृषि कार्यबाट पनि लाभ मिल्नेछ ।
सिंह
नसोचेको ठाउँबाट आकस्मिक लाभ हुन सक्छ, तर परिवारमा सामान्य विवाद हुन सक्छ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना छ । आहार विहारमा सतर्क रहनु राम्रो हुन्छ । विभिन्न उपहार प्राप्त हुनुका साथै आयआर्जन पनि राम्रो हुनेछ । अतिथिका रूपमा सम्मान पाइनेछ ।
कन्या
आज अल्छीपनले सताउन सक्छ । स्वास्थ्य समस्या आउनाले धनको पनि क्षति हुन सक्छ । पेट सम्बन्धी समस्याले स्वास्थ्य कमजोर बन्न सक्छ, त्यसैले खानपानमा ध्यान दिनुहोस् । काममा ढिलासुस्ती हुन सक्छ र केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला ।
तुला
परिश्रम अनुसार राम्रो उपलब्धि पाइनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । पाहुनाको आगमन हुने सम्भावना छ । बुद्धिको सही प्रयोगले चिताएका काममा सफलता मिल्नेछ । अन्न तथा धनको लाभ हुनेछ र परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ ।
वृश्चिक
आज चिताएको काममा सफलता मिल्नेछ र धन लाभ हुने दिन छ । कसैबाट समर्थन पनि प्राप्त हुनेछ । पुराना साथीसँग भेटघाटले मन रमाउनेछ । अनौठो तरिकाबाट धन लाभ हुने सम्भावना छ र परिवारबाट सुखको अनुभूति हुनेछ ।
धनु
सामान्य स्वास्थ्य समस्याले सताउन सक्छ, तर सामाजिक सम्मान पाइनेछ । यात्राको योग छ र रमाइलो भ्रमण हुने सम्भावना छ । अनौठो तरिकाबाट आम्दानी हुने दिन छ । हाँसखेल, मनोरञ्जन र भ्रमणमा समय बित्नेछ ।
मकर
आर्थिक पक्ष खासै राम्रो देखिँदैन । अनावश्यक क्षेत्रमा खर्च बढ्न सक्छ, सावधान रहनुहोस् । सामान्य स्वास्थ्य समस्याले सताउन सक्छ । भौतिक सर सामानमा क्षति हुन सक्छ । खर्च बढेर आर्थिक अभाव देखिन सक्छ ।
कुम्भ
बिहान सुखद अनुभूति हुनेछ, तर बेलुकी काममा मन नलाग्न सक्छ । प्रयास गरे बन्दैन भनेका काम पनि बन्नेछन् । आफन्तको सहयोग प्राप्त हुनेछ । नसोचेको भेटघाटले मन प्रफुल्ल हुनेछ, तर सबै काम योजना अनुसार सम्पन्न नहुन सक्छ ।
मीन
आज पैसा कमाउने राम्रो योग छ । नचिताएको ठाउँबाट आम्दानी हुन सक्छ । आम्दानीका नयाँ स्रोतहरू खुल्नेछन् । व्यापार व्यवसायमा राम्रो फाइदा हुनेछ । उपलब्धिमूलक यात्रा हुन सक्छ र सकारात्मक तथा व्यवहारिक सोचको विकास हुनेछ ।



