इटहरी / पछिल्लो समय देशमा इबीको माग बढेसँगै इटहरीमा नेपालका लागि महिन्द्रा अटोमोबाइलको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रा.लि.ले दुई अत्याधुनिक इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ।

इटहरीस्थित महिन्द्रा शो-रूममा आयोजित विशेष कार्यक्रममा कम्पनीले BE 6 र XEV 9e नामक दुई नयाँ इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको हो। यी दुवै गाडी महिन्द्राको आधुनिक INGLO प्लेटफर्ममा आधारित छन् र MAIA नामक स्मार्ट अटोमोटिभ सिस्टमबाट सञ्चालित छन्।
कम्पनीका अनुसार ‘Born Electric Vehicles’ ले पर्फर्मेन्स, इन्टेलिजेन्स, डिजाइन र दिगोपनालाई एकै साथ समेटेका छन्। यसअघि यी मोडेलहरू २०८२ मा आयोजना गरिएको NAIMA नेपाल मोबिलिटी एक्स्पोमार्फत पहिलो पटक नेपाली बजारमा प्रस्तुत गरिएको थियो।

कार्यक्रममा चर्चित कलाकार निश्चल बस्नेत र स्वस्तिमा खड्का तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कम्पनीले यी गाडीहरूलाई देशभर विस्तार गर्ने योजना समेत सार्वजनिक गरेको छ।
नयाँ प्रविधियुक्त यी इलेक्ट्रिक सवारीले नेपाली बजारमा सकारात्मक प्रतिक्रिया पाउँदै गएको कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया