काठमाडौं। नेपाली बजारमा आइतबार सुनचाँदीको भाउ घटेको छ। यस दिन सुनको भाउ तोलाको २ हजार ८०० रुपैयाँले घटेर २ लाख ४२ हजार ६०० रुपैयाँ कायम भएको छ।

यस अघि शुक्रबार एक तोला सुनको मूल्य २ लाख ४५ हजार ४०० रुपैयाँ थियो । यता, चाँदीको मूल्य तोलाको ४५ रुपैयाँले घटेर ३ हजार ६५ रुपैयाँमा झरेको छ। शुक्रबार एक तोला चाँदीको मूल्य ३ हजार ११० रुपैयाँ थियो।

पछिल्लो सयम सुनको मूल्य निरन्तर घटिरहेको छ। विज्ञहरुका अनुसार अबको ६ महिनामा सुनको मूल्य तोलाको १ लाख ८० हजार रुपैयाँमा झर्न सक्ने अनुमान गरेका छन्।

तपाईको प्रतिक्रिया