सुनसरी । धरान उपमहानगरपालिका–८ स्थित सेउती पुलबाट प्रहरीले ४९९ किलोग्राम लागूऔषध गाँजा जस्तो देखिने पदार्थ र स्कार्पियोसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, हिजो राति ११ः३० बजे इलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी तीनकुने धरानबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले सवारीसाधन चेकजाँच गर्ने क्रममा गाँजा फेला पारेको हो ।

BR 11 Y 3039 नम्बरको स्कार्पियो जाँच गर्दा गाँजा जस्तो देखिने ४९९ केजी पदार्थ बरामद भएपछि गाडी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१३ बस्ने ३२ वर्षीय अजय कुमार साह छन्।

तपाईको प्रतिक्रिया