काठमाण्डौ – प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणनामा शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ ।
अहिले २७ वटा निर्वाचन क्षेत्रको मतगणना चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २३ क्षेत्रमा अग्रता लिएको छ ।





