विराटनगर — नेपाली र्याप गीत ‘टिङ टिङ्ग’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। (BARISTHA) रितेश सापकोटा को स्वरमा रहेको उक्त गीत मंगलबार विराटनगरमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको हो।
गीतले वर्तमान राष्ट्रिय अवस्था, राजनीतिक विकृति र बढ्दो भ्रष्टाचारका विषयलाई सशक्त रूपमा उठान गरेको छ। गायक सापकोटाले गीतमार्फत देशले भोगिरहेको जटिल परिस्थिति, सर्वसाधारणको पीडा तथा राजनीतिक नेतृत्वप्रतिको असन्तुष्टि स्पष्ट रूपमा अभिव्यक्त गरेका छन्। सामाजिक यथार्थलाई र्याप शैलीमा प्रस्तुत गरिएको यस गीतले दर्शक तथा श्रोतामाझ गहिरो सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।
म्युजिक भिडियो हाइफाइभ प्रोडक्सन्स को प्रस्तुति हो। गीतका निर्माता राहुल राई हुन् भने प्रोडक्सन म्यानेजरमा अभिषेक सहनी र विवेक शाह रहेका छन्। बीट BBO Beats ले तयार गरेको हो।
भिडियोको निर्देशन रोय अभिषेक ले गरेका हुन्। सहायक निर्देशकमा निखिल शाह, मेकअप आर्टिस्टमा सुभद्रा रोय, रेकर्ड/मिक्स/मास्टरमा Kpass, बिहाइन्ड द सिन्समा नवीन सिंह तथा कार्यकारी निर्माता रोशन मण्डल रहेका छन्। डिओपी तथा सम्पादन पनि निर्देशक अभिषेकले नै गरेका हुन् भने सेट डिजाइन अमर रोय ले तयार गरेका छन्। गाफरमा सुरज सिलवाल तथा लाइटम्यानमा मुकेश ताम्राकार र आलम शेख रहेका छन्।
समसामयिक सामाजिक तथा राजनीतिक विषयवस्तुलाई समेटेर तयार गरिएको ‘टिङ टिङ्ग’ ले नेपाली र्याप संगीतमा नयाँ बहस र ऊर्जा थप्ने विश्वास निर्माण टिमले व्यक्त गरेको छ।





